Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

पद्मोदयको ७० औँ बार्षिकोत्सव सम्पन्न

आइतबार, ३० फागुन २०७२

काठमाडौँ, ३० फागुन । काठमाडौँको भृकुटीमण्डपस्थित रामशाहपथमा अवस्थित पद्मोदय उच्च माध्यामिक विद्यालयको ७० औँ बार्षिकोत्सव सम्पन्न भएको छ ।  शनिबार अभिभावक भेलाका साथमा एक विशेष औपचारिक कार्यक्रम गरी विद्यालयले आफ्नो बार्षिकोत्सव भव्य रुपले मनाएको हो ।  

बार्षिकोत्सवमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधिस केदारनाथ उपाध्याय तथा नायक सरोज खनाल लगायतको उपस्थिती थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायधिस उपाध्यायले विद्यालयको शैक्षिक जनशक्ति विभिन्न ठाउँमा फैलिएको भन्दै खुसी व्यक्त गरे । 

शिक्षामा निरन्तर विकास भएपनि गुणस्तर बृद्धि नभएको प्रति चिन्ता व्यक्त गर्दै उनले भुकम्पले लडेको विद्यालयको भवन निर्माणमा सहयोग पुर्याउने पनि दाबी गरे । यस्तै कार्यक्रममा नायक सरोज खनालले आफुलाई शिक्षादिक्षा दिने पूर्वशिक्षकहरु प्रति आभार व्यक्त गरे । विद्यालयको पहिले र अहिलेको पठनपाठनमा केही परिवर्तन भएपनि पद्मोदयमा पढ्न पाउनु नै गर्वको विषय भएको नायक खनालले दाबी गरे ।  

विद्यालयका शिक्षक विनोद भट्टले सामुदायिक विद्यालयमा नमूनाका रुपमा चिनिएको पद्मोदयको हालको अवस्था देख्दा चिन्ता लागेको बताए ।   भुकम्पले विद्यालयको ठुलो भवन भत्किदा अस्थायी टहरा बनाएर पठनपाठन गरिदै आएको छ ।  

२००३ सालमा स्थापना भएको विद्यालय अहिले क्याम्पसका रुपमा स्थापित भइसकेको छ । राष्ट्रिय राजनीति देखि कलाकारिता क्षेत्रमा महत्वपूर्ण व्यक्तिहरुले आफ्नो पठनपाठनको शूरुवात पद्मोदयबाटै गरेका थिए ।

पूर्वप्रधानन्यायधिस अनुपराज शर्मा, केदारनाथ उपाध्याय, पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापा, नेता मोदनाथ प्रश्रित, कमल थापा, कलाकार हरिबंश आचार्य, नायक सरोज खनाल लगायतले आफ्नो स्कुले शिक्षा पद्मोदयबाट लिएका थिए । 

विद्यालयकी प्रधानाध्यापक मीना कोइराला पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न शीर्षकमा उतकृष्ट विद्यार्थी तथा अभिभावकलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

 

प्रतिक्रिया