Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी नतिजाप्रति भ्रम !

आइतबार, ३० फागुन २०७२

काठमाण्डौँ, ३० फागुन । एसएलसी परीक्षामा यस बर्षदेखि उतीर्ण या अनुतीर्ण उल्लेख नहुने भएपछि बाजुरा, डोटी, अछाम लगायतका दुर्गम क्षेत्रका परीक्षार्थीमा भ्रम सिर्जना भएको छ । नयाँ मुल्यांकन प्रणाली अनुसार अनुतीर्ण नभइने बुझाईका कारण जिल्ला परीक्षार्थी पहिलेजस्तो गम्भिर देखिदैनन् । 

यस बर्षदेखि एसएलसी नतिजा अक्षरांकनका आधारमा हुने भएकाले उतीर्ण वा अनुतीर्ण उल्लेख नहुने व्यवस्था छ । त्यसलाई विद्यार्थीले अनुत्तीर्ण नहुने भन्ने बुझेका छन् ।  प्रष्ट बुझाई र महत्व थाहा नभएर अधिकांश विद्यार्थी र अभिभावकमा परीक्षाप्रति हेलचेक्राई देखिएको सत्य मावि पाण्डुसेनका शिक्षक जनकबहादुर शाहीले बताए ।

परीक्षामा सहभागी कसैलाई पनि अनुतीर्ण नभन्ने प्रणालीले दुर्गमका परीक्षार्थीमा तयारी नगरेपनि हुने मनोविज्ञान विकास भएको भवानी माविका शिक्षक पदम रावतले बताए । नयाँ प्रणालीपछि यसअघि नतिजा शुन्य ल्याएकाले  हेपाईमा परेका विद्यालय खुसी देखिएका छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया