Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

त्रिविका पूर्व उपकुलपति शर्माको निधन

आइतबार, २३ फागुन २०७२

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. माधबप्रसाद शर्माको निधन भएको छ । शर्माको गएराती ३ बजे निधन भएको हो । ज्वरो आएर विरामी शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्य खगेन्द्र नेपालले जानकारी दिए । 'ज्वरो आएपछि गत आईतबार अस्पताल भर्ना गरिएको थियो' उनले भने, 'शुरुमा ज्वरो आएपनि पछि निमोनियाले समस्या भयो ।'

उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका २ छोरी र श्रीमती छन् ।

विक्रम सम्बत १९९८ मा धनकुटाको लेगुवामा जन्मेका शर्मा एसएलसी पछि भारतको लखनउमा पढेका थिए । त्यस पछि उनको अध्ययन रसीयामा भएको थियो । उनी जीयोलोजीमा विद्यावारिधि हुन् ।
शर्मा शाही कालमा त्रिविका उपकुलपति भएका थिए ।  उनकै पालामा भएको स्ववियू निर्वाचन पछि अहिले सम्म चुनाव हुन सकेको छैन ।

प्रकाशित मिति २०७२ फागुन २३ गते

प्रतिक्रिया