Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

भूकम्पले भत्केका विद्यालयको पुननिर्माण ३ बर्षमा !

शनिबार, २२ फागुन २०७२

काठमाडौ - भूकम्पले भत्केका विद्यालयको पुननिर्माणको काम ३ बर्ष भित्र सक्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन् । शिक्षा मन्त्रालय, पुननिर्माण प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधि विच भएको बैठकमा मन्त्रि पोखरेलले विद्यालय पुननिर्माणको काम तिब्र बनाउन आग्रह गरे ।

विद्यालय बनाएको जस कसले लिने भन्ने बारेमा प्राधिकरण र शिक्षा विभाग अन्र्तगतको परियोजना कार्यान्वयन इकाई बिच हानथाप चलिरहेका बेला छलफल भएको हो । पुनर्मिाणका लागि छुट्याईएको बजेटका कारण दुबै निकाय यो काम गर्न ईच्छुक हुँदा अलमल भएको मन्त्रालय श्रोतको दावी छ ।

जस लिने होडले धकेल्यो विद्यालय पुननिर्माणको काम

भूकम्प प्रभावित भौतिक संरचनाहरुको पुननिर्माण प्राथमिकीकरणको क्रममा विद्यालयलाई तेस्रो स्थानमा राखिएको छ । सरकारले भत्किएका विद्यालयको पुननिर्माणको काम पाँच वर्षभित्र सक्ने लक्ष्य राखेको छ । अहिलेसम्म निर्माण आरम्भ नभएका विद्यालयहरुको निर्माण अब एकै पटक शुरु गर्नुपर्ने भन्दै मन्त्रीले प्राधिकरण र अर्थका अधिकारीहरुलाई त्यसै अनुसार सहयोग गर्न आग्रह गरेका उनको नीजि सचिवालयले जनाएको छ । बैठकमा प्राधिकरणका सिईओ शुशिल ज्ञवालीले हालसम्म भएका कामको बारेमा बताएका थिए । 

विद्यालय भवन निर्माणका लागि एसियाली विकास बैंक एडीबी र जापानीज सहयोग नियोग जाइकाले तीन वर्षमा एक हजार पाँच सय विद्यालय निर्माण गर्ने योजना छ । यसवर्ष एडीबीले दुई सय १० र जाइकाले ९२ विद्यालय बनाउने भएका छन् ।

भुकम्पले ५ हजार विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । यी विद्यालय बनाउन दुई अर्ब ४० करोड २९ लाख रुपैया बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति २०७२ फागुन २२ गते

प्रतिक्रिया