Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

दुर्गममा परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी हर्षित

बुधबार, १९ फागुन २०७२

काठमाडौँ, २० फागुन । बैतडीको दुर्गम तल्लो स्वराडको शर्माली गाविसमा पहिलोपटक प्रवेशिकाको परीक्षा केन्द्र तोकिँदा परीक्षार्थी हर्षित भएका छन् । 

शर्माली गाविसको नागार्जुन उमाविमा परीक्षा केन्द्र तोकिएपछि शर्माली, महाकाली र उदयदेव गाविसका परीक्षार्थीलाई सुविधा भएको स्थानीय अभिभावक हरिष जोशीले बताए । 

“विगतका वर्षमा परीक्षा केन्द्र टाढा हुँदा परीक्षार्थीले खेप्नुपर्ने विभिन्न समस्या समेत यसपटक हटेको छ” उनले भने । 

रासस 

 

प्रतिक्रिया