Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसीमा सवा ६ लाख विद्यार्थी

बुधबार, १९ फागुन २०७२

भक्तपुर - यसवर्षको एसएली परीक्षामा सवा ६ लाख विद्यार्थी सहभागि हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपम श्रेष्ठका अनुसार नियमित र एक्ज्याम्टेड गरी ६ लाख १५ हजार विद्यार्थीले परीक्षा दिने छन् ।

त्यसमा नियमित तर्फ चार लाख ५२ हजार आठ सय ८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार चार सय १७ विद्यार्थी छन् । नियमित तर्फ प्राविधिक धारबाट ९९ विद्यालयका तीन हजार दुई सय ५५ विद्यार्थी सहभागि हुदैंछन् । श्रेष्ठका अनुसार नियमित तर्फ दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाच सय ३५ छात्रा सहभागि हुँदैछन् । कार्यालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ३५ हजार विद्यार्थीले परीक्षा दिदै छन् ।

सबैभन्दा कम मनाङ्मा ६९ जनाले परीक्षा दिदै छन् । त्यसमा नियमितमा ६३ र एक्ज्याम्टेडमा ६ जना छन् । परीक्षाको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । वाग्मती बाहेक अन्य अञ्चलमा प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षामा आवश्यक अन्य सामान पठाइसकेको कार्यालयले जनाएको छ । कार्यालयले यसवर्ष परीक्षाको अन्तिम दिन विद्यार्थीको विवरण भर्ने मेमो समेत दिदै छ ।

मेमोका बारेमा थप जानकारीका लागि यो खबर पढ्नुहोस्

एसएलसी सकेकै दिन थाह हुन्छ, गल्ति भए नभएको

प्रकाशित मिति २०७२ फागुन १९ गते

प्रतिक्रिया