Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

प्राध्यापकलाई स्थायी गर्न लागिएकोमा विरोध

आइतबार, १६ फागुन २०७२

काठमाडौँ, १६ फागुन । त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत प्राध्यापकहरुलाई सेवा आयोगमार्फत स्थायी गर्न लागेको भन्दै नयाँ शक्तिमा आवद्ध प्राध्यापकहरुले विरोध जनाएका छन्।  त्रिवि सेवा आयोगले गरेको विशेष आन्तरिक खुला विज्ञापन त्रिविको ऐन, नियम विपरित भएको बताए। उक्त विज्ञापन तत्काल रद्द गरि खुला विज्ञापन गरि दक्ष जनशक्तिलाई त्रिविमा प्रवेश गराउन उनिहरुले माग गरेका छन्।

रिर्पोटस क्लवमा आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति अभियानमा आवद्ध विद्यार्थी केन्द्रीय संयोजक ओमकुमारी पौडेलले कुनैपनि हालतमा राजनीतिक आस्थाका आधारमा त्रिविको प्राज्ञिक मुल्य र मान्यतालाई ध्वस्त पार्न नदिने बताइन्।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा।डा।तीर्थराज खनियाले विशेष राजनीतिक परिस्थितिका कारण विगतमा गरिएको उक्त निर्णय उल्टाउन नसक्ने भन्दै हाल खुला गरिएको विज्ञापन त्रिविको दरवन्दी अनुसार नभई अर्थमन्त्रालय,शिक्षामन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको विशेष पहलमा प्राप्त भएको विशेष दरवन्दी रहेको बताए। आफूहरु त्रिविमा नयाँ पुस्ताको प्रवेशलाई रोक लगाउने पक्षमा नरहेको भन्दै भविष्यमा उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थीलाई सिधै त्रिवि सेवामा प्रवेश गराउन पहल भइरहेको समेत बताए।'

अघिल्लो पदाधिकारी र सरकारबी भएको सहमति अनुसार भइरहको काम आफुले उल्टाउने कुनैपनि कानुनी आधार नरहेको भन्दै अझैपनि आन्दोलनरत प्राध्यापकहरुसँग बार्ता र सहकार्य गरि त्रिविलाई शैक्षिक प्रगतिको मार्गमा अघि बढाउन आफु प्रयत्नशिल रहेको बताए।

यसैगरी त्रिवि प्रा.डा. यज्ञप्रसाद अधिकारीले गाली गलौजबाट नभई छलफल र सहकार्य गरि समस्याको समाधान गर्न आन्दोलनरत प्राध्यापकहरुलाई आग्रह गरे। त्रिविमा राजनीतिक हस्तक्षेपले मर्यादाको पराकाष्ठा नाघिसकेको भन्दै यसको गरिमा र प्रतिष्ठा जोगाउन सवैले प्रयत्न गर्नुपर्ने बताए। हालका पदाधिकारीको निर्णयले मात्रै नभई २०४६ सालदेखि विश्वविद्यालयमा भित्रिएको कु संस्कारका कारण यसप्रकारको दीर्घकालिन समस्या भित्रिएको भन्दै उनले गुणस्तरमा कुनैपनि प्रकारको सम्झौता गर्न नहुने बताए।

नयाँ शक्ति नेपाल अभियानमा आवद्ध उप–प्राध्यापक अशोक थापाले त्रिविका राजनीतिक आवरणधारी पदाधिकारीले विश्वविद्यालयलाई ध्वस्त पार्न राजनीतिक खेमामा विभक्त करार शिक्षकलाई नियोजित रुपमा स्थायी गर्न खोजेको भन्दै आफुहरुले कुनैपनि मुल्य चुकाएर भएपनि त्रिविको यस प्रकारको गलत अभ्यासलाई निरुत्साहित गर्ने बताए। 

कार्यक्रममा नयाँ शक्ति अभियानमा आवद्ध उप–प्राध्यापक किसान प्रसाद अधिकारीले नयाँ पुस्तालाई त्रिवि सेवामा प्रवेश गर्न नदिन भएको गैरकानुनी कार्यको सधै विरोध गरिरहने र भविष्यमा न्याय दिलाएरै छोड्ने प्रविद्धता व्यक्त गर्दै मिति २०७२।११।१६ गतेदेखि त्रिवि सेवा आयोगको कार्यालयमा व्यानर सहितको अनसन शुरु गर्ने घोषणा गरे।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया