Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

परीक्षा केन्द्र महिलाद्धारा सञ्चालन 

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १६ फागुन । अध्यापन अनुमतिपत्रका लागि शनिबार भएको निमावि तहको परीक्षामा जाजरकोटको एक परीक्षा केन्द्र महिलाले मात्र सञ्चालन गरेका छन् । 

भेरीमालिका नगरपालिकाको बोहरामा रहेको बुद्धि निम्न माध्यमिक विद्यालयमा सञ्चालन भएको अध्यापन अनुमतिपत्रको निमावि तहको परीक्षामा यस्तो व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । यो परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि परीक्षा नियन्त्रक र सुरक्षाकर्मीसमेत महिला थिए । 

१५० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा जिल्लाको नमुनाका रुपमा सो परीक्षण गरिएको शाखा अधिकृत यज्ञश्वार खत्रीले बताए । 

रासस 

 

प्रतिक्रिया