Edukhabar
सोमबार, ०८ पुस २०८१
विदेशमा शिक्षा

इक्यानको अध्यक्षमा प्रकाश पाण्डे विजयी 

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १६ फागुन । आगामी दुई बर्षका लागी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नेतृत्वमा प्रकाश पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । पाण्डेले आफ्ना  प्रतिद्वन्द्वी सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।  शनिबार भएको मतदानमा पाण्डेले १ सय ४२ ल्याएका थिए । इक्यानका कार्यालय प्रमुख रुद्र रेग्मीका अनुसार  कुल २ सय ५६ मत खसेकामा बस्नेतको पक्षमा १ सय १४ मत खसेको थियो । 

उपाध्यक्ष पदमा भने बस्नेत समूहबाट राजेन्द्र रिजाल प्रथम उपाध्यक्ष, बस्नेत समूहबाटै निरज सिटौला र पाण्डे समूहबाट विष्णुहरि पाण्डे क्रमशः द्वतिय तथा तृतिय उपाध्यक्षका रुपमा निर्वाचित भएका छन् ।  उनीहरुले क्रमश १ सय २८, १ सय २६ तथा १ सय २३ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षका अन्य प्रतिद्वन्द्वि शालिकराम भण्डारीले १ सय २०, महेशबाबु तिमिल्सिनाले १ सय १४ तथा यशोधा भट्टराईले १ सय २ मत प्राप्त गरेका थिए ।  त्यस्तै, महासचिव पदमा प्रतिद्वन्द्वि महेश भण्डारीलाई ५९ मतले पराजित गर्दै १ सय ५५ साथ सन्तोष प्याकुरेल निर्वाचित भएका छन् । 

प्रथम सचिवमा १ सय ६२ मतका साथ देवीदास भट्टराई, तथा द्वतिय सचिवका रुपमा १ सय १७ मतका साथ उमेश ढुंगेल निर्वाचित भएका छन् । सचिवका उम्मेदवार रजनी श्रेण्ठले १ सय १० तथा अर्को उम्मेदवार श्रीराम पौडेल १ सय ८ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बुले निर्वाचित भए । उनले १ सय ४१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वि भरत रेग्मीले जम्मा १ सय ७ मत प्राप्त गरे । 

सह–कोषाध्यक्षमा रमेश वाग्लेले १ सय ४० मतका साथ विजयी भए । प्रतिद्वन्द्वि राकेश श्रेष्ठले मात्र १ सय १२ मत प्राप्त गरे । सदस्यहरुमा सबैभन्दा दीपकराज भुषाल १६०, कमला बस्नेत १४८, निरुपमा महर्जन १४७, गोविन्द अधिकारी १४०, प्रकाश श्रेष्ठ १२३, भरत ढकाल १२१, पुष्पराज भट्टराई १२०, सुर्यबहादुर डाँगी ११६ र बिक्रम केसीले १ सय ९ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित भए । 

 त्यस्तै अन्य सदस्यहरु बालकृष्ण श्रेष्ठ (बीके)ले १ सय ८, यज्ञविलाश पौडेल (वाइबी)ले १ सय ८, रितिका तण्डुकारले ९७, रमेश थापाले ९६, रमेश जोशीले ९४, बिदुर पौडेलले ९३, प्रदीप मण्डलले ९२, प्रशान्त शाहले ८४ तथा दयाराम थापाले ६५ मत प्राप्त गरेका थिए । 

विभिन्न कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिदै आएको छ । 

 

 

प्रतिक्रिया