Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

चेल्सी स्कुलका सञ्चालक पक्राउ

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १६ फागुन । महाराजगञ्जमा बसको ठक्करबाट दुई चिकित्सकको मृत्यु भएको घटनामा अनुसन्धान गर्न प्रहरीले चेल्सी विद्यालयका सञ्चालक राकेशकुमार झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झालाई सप्तरीस्थित घरबाटै प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । चेल्सी विद्यालय हाल संस्कार विद्या सदनको नाममा सञ्चालन हुँदै आएको छ ।फागुन ९ गते संस्कार विद्या सदनका विद्यार्थी सवार मिनि बसले महाराजगञ्जमा ठक्कर दिँदा चिकित्साशास्त्र अध्ययन संस्थान एमडी प्रथम वर्षमा अध्ययनरत प्युठान बिजुवार ७ का डा. संजीव सुवेदी र भारत बिहारका डा. सनि आनन्दको घटनास्थलमै मृत्यु भएको थियो ।

बस ग्लोबल टुर्स एन्ड ट्राभल्सको नाममा छ । हरियो प्लेट राखिएको बसमा विद्यार्थी बोक्दै गरिएको थियो ।ब्लु बुकअनुसार उक्त बस सन् १९९० सालमा बनेको देखिन्छ । कानुनले २० बर्ष पुराना गाडी काठमाडौं उपत्यकामा चलाउन बन्देज लगाएको छ । तर, विद्यार्थी सवार सो बस २५ वर्ष पुरानो छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले २० वर्ष पुराना गाडी सञ्चालन गर्न कानुनत नपाइने बताए ।यसैबीच बस चालकसँग हलुका गाडी चलाउने लाइसेन्स रहेको प्रहरीले जनाएको छ ।

 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया