Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

शिक्षाको गुणस्तर विकास गर्न अक्षयकोष स्थापना 

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १५ फागुन । श्रीकृष्ण सस्कृत तथा साधारण उच्च माध्यामिक विद्यालय इत्राम सुर्खेतमा विद्यार्थीकै सहयोगबाट विद्यालयमा ५१ लाखको अक्षयकोष स्थापना गरिएको छ । 

शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितीको बैठकले विद्यार्थीलाई छात्रबृत्ति दिन, विद्यालयका भौतिक संरचना निर्माण तथा सुधार गर्न, नीजि श्रोतका शिक्षकलाई आवश्यक सुविधा दिन लगायतका कामका लागी अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दाहालले जानकारी दिए । 

विद्यालयको भौतिक संरचनादेखि आवश्यक सुधारका लागी सरकारकै मुख ताक्न नहुने भन्दै लामो समयदेखि विद्यालयमा हुने गरेका विभिन्न गतिविधि, विद्यालय सुधारका लागी शिक्षक, अभिभावक र विद्यार्थीले जम्मा गर्ने गरेको रकमबाट अक्षयकोष स्थापना गरिएको उनले बताए । 

‘विद्यार्थी, शिक्षक र अभिभावकबाट उठाइएको रकमले अक्षयकोष स्थापना गरेका हौँ’ प्राचार्य दाहालले भने ‘यसलाई विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रबृत्ति दिनेदेखि विद्यालयको भौतिक संरचना निर्माण र सुधारमा खर्च गर्नेछौँ ।’ 

विद्यालयमा श्रोत नभएर शिक्षाको गुणस्तर सुधार, विकास र बृद्धिका लागी पन्छिने नभई हातेमालो गर्दै अगाडी बढ्न सबै उत्प्रेरित भएको उनको भनाई थियो ।

यसका साथै विद्यालयमा लामो समयसम्म सेवा गरेका नीजि श्रोतका शिक्षक अवकाश लिएर जाने विद्यालयले नै उनीहरुलाई सुविधा दिन अक्षयकोषको स्थापना गरिएको प्राचार्य दाहालले बताए ।  शिक्षकलाई सरकारले उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका बेला आफ्नै विद्यालय परिवारले अक्षयकोषमार्फत उनीहरुलाई सेवा सुविधा दिनु सम्भवतः नेपालमै पहिलो प्रयास भएको पनि उनले जानकारी दिए ।

विद्यालयमा कार्यरत कर्मचारी पियन, खरदार, शिक्षकलाई सरकारले उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका बेला आफ्नै विद्यालय परिवारले अक्षयकोषमार्फत उनीहरुलाई सेवा सुविधा दिनु सम्भवतः नेपालमै पहिलो प्रयास भएको पनि उनले जानकारी दिए ।

नेपालभरी विद्यालयमा कर्मचारी भएपनि उनीहरुलाई तलब बाहेक अरु सेवा सुविधा दिन नसकिरहेका बेला आफुले उनीहरुले गरेको कामलाई सम्मान गर्न र अवकाश पाएर घर जादा केही न केही विद्यालय तहबाटै सुविधा दिने हेतुले अक्षयकोष स्थापना गरेका बताए । 

यसैबीच विद्यालयले मंगलबार र बुधबार दुई दिन विद्यार्थीलाई नीजि विद्यालयले जस्तै ट्रयाक शुटको व्यवस्था गरेको छ।  हप्ताको सातै दिन विद्यार्थीलाई स्कुल डे«समा विद्यालय जादा मैलो हुने भएपछि यस्तो व्यवस्था गरिएको हो । 

दुई दिन विद्यार्थीलाई ट्रयाक शुटमा विद्यालय आउन दिइने र त्यसका लागी सबैलाई एउटै रङको ट्रयाक शुट लगाएर आउन भनिएको प्राचार्य दाहालले बताए । 

प्रतिक्रिया