काठमाडौँ, १५ फागुन । फारवेस्ट स्कुल अफ मेडिसिन कञ्चनपुरमा सामान्य चिकित्सा (एचए) का विद्यार्थी लक्ष्मीकान्त बजगाईं नेपाल प्रथम भएका छन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका शिक्षण संस्थामा उत्कृष्ट स्थान हासिल गरेका छन् ।
सिटिइभिटीले शैक्षिकसत्र २०७१÷७२ मा सञ्चालन गरेको परीक्षामा कैलाली बलियाका बजगाईंले ८८ दशमलव ९१ प्रतिशत अङ्क प्राप्त गरेका हुन् । उनले पहिलो वर्ष ८३ दशमलव ८८, दोस्रो वर्ष ८९ र तेस्रो वर्षमा ९३ दशमलव १६ प्रतिशत अङ्क ल्याएका हुन् । सामुदायिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका बजगाईंले स्कुलबाट छात्रवृत्ति पाएको कलेजका डा नेत्रराज चटौतले बताए ।
सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मेका बजगाईंले सरकारी स्कुलमै पढेर मेहनत गरी एचएमा भर्ना भई अध्ययन गरेका थिए ।
रासस
प्रतिक्रिया