Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षा आयोग र नीतिबारेको राष्ट्रिय बहस आज  

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १६ फागुन । शिक्षा मन्त्रालयले नयाँ शिक्षा नीति तर्जुमा र राष्ट्रिय शिक्षा आयोग गठनका सम्बन्धमा सार्वजनिक बहस सञ्चालन आज गर्दैछ ।  नयाँ संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गराउन र शिक्षाको गुणस्तर सुधारका लागि नयाँ शिक्षा नीतिको माग भएको सन्दर्भमा मन्त्रालयले आयोग गठनको तयारी गरेको हो । 

व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पनि आयोग गठन गर्न निर्देशन दिएको थियो भने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्यसका लागि आफू प्रतिबद्ध भएको जनाउँदै आएका थिए । 

शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले बहसका क्रममा फागुन १६ गते आज  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नयाँ शिक्षा नीति र आयोग गठनबारे सरोकार भएकासँग राष्ट्रिय परामर्श कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया