Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

बिहे भोजको सट्टा शनिबार पढाई !

शनिबार, ३० फागुन २०७१

पर्सा ३० फागुन / विद्यालय नै बन्द गरेर बिवाह भोज खान गएका शिक्षकहरुले उक्त दिनको सट्टा शनिबार विद्यालय खोलेका छन् । बिवाहको भोजका नाममा फागुन १४ र १५ गते विद्यालय नै बन्द गरिएको खबर प्रकाशित भएपछि उक्त कदमको ब्यापक आलोचना भएको थियो । बिद्यालय बन्द गरेर बिवाह भोजमा !

उक्त दिनको सट्टा शनिबार बिद्यालय सञ्चालन गरिए विद्यार्थीहरुको उपस्थिति भने न्युन रह्यो । विद्यालयका प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरोकी छोरीको बिवाहमा उनले स्थानीय विदामा कट्टा हुने गरि दुई विद्यालय बन्द गराएका थिए ।

सोही दिनको विदाको सट्टा आज शनिबार विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गौरेले बताए ।

प्रतिक्रिया