Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालय भवन निर्माण

विहीबार, १३ फागुन २०७२

काठमाडौँ, १४ फागुन । महोत्तरी जिल्लाको रामगोपालपुरमा ‘आफन्त नेपाल’को २७ लाख रुपैयाँको सहयोगमा विद्यालय भवन निर्माण गरिएको छ ।  रामगोपालपुर गाविस–५ स्थित रामजानकी प्राथमिक विद्यालयमा दातृ संस्था आफन्त नेपाल र फिडा इन्टरनेसनलको रु २७ लाखको आर्थिक सहयोगमा चारवटा कोठा भएको भवन निर्माण गरिएको प्रधानाध्यापक किसुन महतोले बताए । 

विद्यालय भवन निर्माण भएपछि रामगोपालपुर गाविसलगायत वरपरका दश गाउँका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित भएको सो विद्यालयले जनाएका छन् । आफन्त नेपालका उपाध्यक्ष प्रदीप मरबैताले सो भवन यस भेगकै राम्रो एवम् नयाँ शैलीको अत्याधुनिक सुविधा सम्पन्न रहेको बताए । 

जिल्लाकै मध्य केन्द्रविन्दु भए पनि विकासको दृष्टिकोणले पिछडिएको रामगोपालपुरमा दातृ निकायले स्थानीय बालबालिकालाई पढ्नका लागि विद्यालय भवन निर्माण गरिदिएपछि स्थानीयवासी हर्षित भएका छन् भने सबैले आफन्त नेपाललाई धन्यवाद दिँदै अन्य क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेका छन् । 

रासस

 

प्रतिक्रिया