Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

बुधबार, १२ फागुन २०७२

काठमाडौँ, १३ फागुन । दोलखाको भीमेश्वर –६ स्थित बुढाभीमसेन मावि धरमघरका एक शिक्षकको कुटाइबाट परीक्षा दिँदै गरेका विद्यार्थी घाइते भएका छन् ।  शिक्षक देवेन्द्र खड्काको कुटाइबाट कक्षा १० का सुमन विक घाइते भएका हुन् ।

विद्यार्थी विकले जनसङ्ख्या तथा वातावरण शिक्षा विषयमा चिट चोरेको भन्दै शिक्षकले कुटपिट गरेको प्रहरीले बताएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार विकको गाला सुनिएको छ । घाइते विकलार्ई उपचारका लागि चरीकोटस्थित च्छोरोल्पा अस्पतालमा राखिएको छ ।

शिक्षक खड्का भने मोबाइलबाट सम्पर्क गर्दा सम्पर्कमा आएनन् । विद्यार्थीले शिक्षक खड्काको क्रियाकलापका विषयमा पटक पटक विद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि नसुनेको बताउँछन् ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया