Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

मौका परीक्षाको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित

बुधबार, १२ फागुन २०७२

भक्तपुर - कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा सामेल भएका ४७ हजार ६ सय १० मध्ये ४१ हजार १ सय ५६ जना जना उत्तीर्ण भएका छन् । ८६.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माध्यामिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

नतिजाका लागि : http://www.hseb.edu.np/result

गत माघ २९ गते १ सय १७ वटा परीक्षा केन्द्रमा भएको परीक्षाका लागि ५२ हजार ६ सय ८३ विद्यार्थीले फर्म भरेका थिए ।

गत पुस ३० गते सार्वजनिक भएको नतिजामा एक विषय फेल भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए ।

गत बर्ष ४५ हजार  ५ सय ५३ जना परीक्षार्थीमा ३६ हजार ३ सय ८३ जना पास भएका थिए । यो ७९.८७ प्रतिशत हो ।

परीक्षा भएको ६ महिना पछि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा सार्वजनिक गरेको थियो । जसमा ४९.२० प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । नियमिततर्फ कुल २ लाख ४३ लाख ७ सय ३१ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ लाख १९ हजार ९ सय १६ विद्यार्थी उतीर्ण भएका थिए ।

यस्तै आंशिकतर्फ ३४.६५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । १ लाख २६ हजार ९ सय ३० जना विद्यार्थीले परिक्षा दिएकामा ४३ हजार ९ सय ८३ जना उतीर्ण भएका थिए ।
कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो ।

प्रकाशित मिति २०७२ फागुन १२ गते

प्रतिक्रिया