Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

इक्यानमा बस्नेत प्यानलको उम्मेद्धारी घोषणा

बुधबार, १२ फागुन २०७२

काठमाडौँ,  १२ फागुन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी २ बर्षको नेतृत्वका लागी सरोज कुमार बस्नेत प्यानलले उम्मेद्धारी घोषणा गरेको छ।  राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्थापन पक्ष प्रकाश पाण्डे नेतृत्वको प्यानलले उम्मेद्धारी घोषणा गरेको ४ दिनपछि बस्नेत समूहले उम्मेद्धारी घोषणा गरेको हो ।  

इक्यानमा असन्तुष्ट समूहको नेतृत्व गर्ने भनि चिनिएका सरोज कुमार बस्नेत वर्तमान कार्यसमितीका तृतिय उपाध्यक्ष हुन् । यसअघि नै उम्मेद्धारी घोषणा गरेका प्रकाश पाण्डे वर्तमान कार्यसमितीका प्रथम उपाध्यक्ष हुन् । 

बस्नेत  प्यानलको उपाध्यक्षमा महेशबाबु तिमिल्सेना, राजेन्द्र रिजाल र नीरज सिटौलाको उम्मेद्धारी छ । यस्तै महासचिवमा महेश भण्डारी र सचिवमा रजनी श्रेष्ठ, उमेश ढुंगेल, छन् । त्यस्तै कोषाध्यक्षमा भरत रेग्मी र कोषध्यक्षमा राकेश श्रेष्ठले उम्मेद्धारी घोषणा गरेका छन् । 

बस्नेत प्यानलको समदस्यमा विक्रम केसी, रमेश कुमार थापा, कमला बस्नेत, रिता तण्डुकार, भरत ढकाल, सुर्य बहादुर डागी, रमेश जोशी, प्रशान्त शाह र दयाराम थापा छन् । 

फागुन १५ हुने इक्यानको चुनावमा यसपटक कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । नेपालबाट विदेशमा पढ्ने जाने विद्यार्थीलाई परामर्श दिदै आएको इक्यान विद्यार्थीबाट बढी रकम असुल्ने भन्दै आलोचित हुदै आएको छ। यसलाई चिर्न अध्यक्षका प्रत्यासी रहेका प्रकाश पाण्डे र सरोज कुमार बस्नेतलाई एउटा ठुलो अवसर पनि छ ।

 

प्रतिक्रिया