- श्रीप्रसाद भट्टराई / व्यवस्थापन सबै ठाउँमा सधैं आवश्यक पर्छ । व्यक्तिगत तहदेखि संगठन तहसम्म यसको महत्व हुन्छ । यो उपलब्ध साधन स्रोतको वुद्धिमतापूर्ण प्रयोग हो । कार्यसम्पादन गर्ने गराउने कला हो । स्रोतको खोजी र उपयोग हो । लक्ष्य तर्फ उन्मुख हुने माध्यम हो । विद्यामलको समग्र कार्यको चाँजोपाँजो मिलाउनु र अपेक्षित उपलब्धि हासिल गर्न गराउन सहज पार्नु विद्या्लय व्यवस्थापन हो । विद्यामलयको भौतिक¸शैक्षिक¸आर्थिक¸वातावरणीय र सूचना पक्षको व्यवस्थापन गर्नुसँग सम्बन्धित छ यो । यो विद्यादलय प्रभावकारितासँग सम्बन्धित छ ।
विद्यालय व्यवस्थापनकै लागि शिक्षा ऐन तथा नियमावलीमा प्रधानाध्यापक¸विद्या्लय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको व्यवस्था रहेको पाइन्छ । हरेकको काम¸कर्तव्य र अधिकार तोकेको भेटिन्छ । विद्याथलय व्यवस्थापनको अन्तिम लक्ष्य विद्या र्थीको सिकाइमा गुणस्तरीयता ल्याउनु हो । सिकाइ उपलब्धि र व्यवस्थापन वीच प्रत्यक्ष सहसम्बन्ध रहेको पाइन्छ । भनिन्छ फरक नतिजा प्राप्त गर्न काम पनि फरक तरिकाबाट गर्नुपर्छ । विजेताले फरक काम गर्दैनन् त्यही काम फरक तरिकाबाट गर्छन् । यसले के प्रष्ट पार्छ भने कार्यसम्पादन गर्ने गराउने सोचाइले कार्यसम्पादनलाई सफल र विफल वनाउँदो रहेछ । राम्रो उपलब्धि राम्रो व्यवस्थापन । कमजोर व्यवस्थापन कमजोर उपलब्धि । कार्यसम्पादन गर्न गराउन व्यवस्थापनले जहाजमा राडरले खेलेजस्तै भूमिका खेल्छ ।
हाल विद्याालयहरुमा देखिएको कमजोरी व्यवस्थापकीय हो । यो संस्कारगत¸प्रवृत्तिगत¸स्रोतगत र कार्यगत रहेको छ । स्रोत नै नहुने र भएको स्रोतको पनि सहि प्रयोग गर्न नसक्नु दुवै व्यवस्थापनकीय शुन्यता ( null management ) हो । कक्षाकोठा व्यवस्थापन¸सिकाइ व्यवस्थापन¸शिक्षक व्यवस्थापन¸अभिलेख व्यवस्थापन जस्ता व्यवस्थापनमा प्रत्यक्ष देखिने कमजोरीले विद्याकलयको शैक्षिक स्तर न्यून रहेको पाइन्छ ।
शिक्षक नियुक्तदेखि कार्यसम्पादन मूल्याङ्कनसम्म पार्टीगत चश्माले प्रयोग हुदै आएको देखिन्छ । व्यवस्थापन समिति गठनदेखि सामाजिक परीक्षणसम्म चश्मा धमिलो पाइन्छ । जहाँ सफा चश्मा प्रयोग छ त्यहाँ उपलब्धि राम्रो छ । शिक्षकलाई व्यवस्थापनले विद्याकर्थीलाई शिक्षकले हेर्न धमिला लेन्स प्रयोग गरेको अनुभव पाइन्छ¸सुनिन्छ¸देखिन्छ र यस्ता विद्याकलयहरु समस्याग्रस्त छन् । सफा स्वच्छ लेन्स प्रयोग भएको विद्या लय वास्तवमै समाजमा ज्ञानको उत्पादक¸साँस्कृतिक एकीकरणकर्ता र प्रतिष्ठाको विषय वनेका छन् ।
शिक्षा क्षेत्रमा लागेका सबैले हेर्नु पर्ने¸देख्नुपर्ने¸सोच्नुपर्ने र कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्थापकीय नयाँपन इन्द्रेणी व्यवस्थापन Rainbow Management हो । इन्द्रेणी जसरी पानीको कणबाट सूर्यका किरण छिर्दा आवर्तनको नियम पालना भै फरक सात रङ्गमा विभाजन भै रङ्गी चङ्गी बन्छ त्यस्तै हाम्रो व्यवस्थापन हुनु पर्छ भन्ने यसको आशय हो । इन्द्रेणीमा देखिने सात रङ्गमा जुन रङ्ग हामीले वढी वा कम सोच्यो त्यो नै वढी वा कम देखिन्छ । रातो सोचे रातो धेरै । हरियो धेरै सोचे हरियो धेरै । तर त्यहाँ सबै रङ्ग वरावर हुन्छन् । यो वास्तविकता हो । प्रवृत्तिगत कुरा हो । सोचाइ र गराइमा पृथकता नदेखिने कार्य हो ।
वगैँचामा फुलेका फरक फरक रङ्गका फूलहरुले नै वगैँचालाई रमाइलो वनाएको हो । यो नै मालीको उच्चतम व्यवस्थापन हो । प्राकृतिक व्यवस्थापन हो । निष्पक्षता प्रकट हो । नुनको सोझो हो । सवैको सिकाइ यसैबाट हुनु पर्छ व्यवस्थापनमा । यदि एउटै रङ्ग एकै प्रकारका मात्र फूलहरु वगैँचामा भएको भए सबैको प्रिय वगैँचा हुने थिएन । त्यसै गरी हाम्रा शिक्षक फरक पृष्ठभूमि¸सोचाइ¸राजनीतिक आस्था¸ज्ञान¸सीप¸धारणा¸क्षमता भएका छन् यो नै विद्यापलयको रमाइलो पक्ष हो जसको सहि व्यवस्थापन प्रवृत्तिगत कार्य हो । विद्याार्थीहरु फरक रुप¸चाल चलन¸वोली¸धर्म¸परम्पराबाट आएको कारण कक्षाकोठा वगैँचा वनेको हुन्छ यसमा नै हामी शिक्षक रमाउनु पर्छ । सिकाउनु पर्छ । टिकाउनु पर्छ । विकाउनु पर्छ । विताउनु पर्छ जीवनशैली ।
व्यवस्थापन समितिले इन्द्रेणीको रङ्गहरु वरावर भए जस्तै सबै शिक्षकहरुलाई पक्षपातरहित ढंगबाट सकारात्मक र प्रवृत्तिगत सोच राख्नु पर्छ । मेरो पार्टीमा आस्था राख्ने शिक्षक नभनी राम्रा शिक्षक¸असल शिक्षक, कमजोर शिक्षक के हो वास्तविकता वताउनु पर्छ । आफ्नो पार्टी प्रति आस्था राख्ने शिक्षक कर्मचारीलाई इन्द्रेणीको रङ्गमा सोचे अनुरूप रङ्ग धेरै थोरै देखे जस्तै राम्रो वा नराम्रो देख्नु हुदैन । यो देख्नु नै हाम्रा विद्याीलयहरुको प्रवृत्तिगत व्यवस्थापकीय शुन्यता ( Attitudinal managerial zero) हो । विद्याोलयको भोगाइ हो । अविकसित राजनीतिक संस्कार हो । विकासको वाधक हो । शैक्षिक क्षतिको मुख्य जिम्मेवार पक्ष हो । साँगुरो सोचाइ हो । हानिकारक गराइ हो ।
सरकार परिवर्तनसँगै शिक्षक कर्मचारीले भोग्नु परेको वास्तविकता इन्द्रेणी व्यवस्थापनको कमी हो । सोचाइको अभाव हो । यस्तो अवस्थामा इन्द्रेणी व्यवस्थापनको सोचाइ ल्याएमा नै हालको शैक्षिक वेथिति र नाटकले न्यूनता पाउँछ । शिक्षकले कक्षामा अभिभावकसँगको सम्बन्ध ( राजनीतिक आस्था¸पानी पँधेरो¸जग्गा जमिन¸हर हिसाव आदिमा भएको फरकपन ) का आधारमा विद्याअर्थीलाई नहेरी निष्पक्ष¸तटस्थ र पूर्वाग्रहरहित भै हेर्नसकेमा विद्यामलयीय सिकाइमा सवलता र सफलता आउँछ । घर परिवार¸विद्या्लय¸समाज¸राष्ट्र सबै ठाउँमा निर्णय पूर्व¸निर्णयको समयमा र निर्णय पश्चात इन्द्रेणी व्यवस्थापनलाई मनन गर्न सकेमा व्यवस्थापकीय असक्षमतामा पूर्ण विराम लगाउन सकिन्छ । यो लगाउनु नै शैक्षिक सुशासन हो । विकासको बाटो हो । विकासको पाटो हो ।
कक्षाकोठामा फरक क्षमता¸रुचि¸स्तर¸पृष्ठभूमिका वालवालिका भएका कारण कक्षाकोठा इन्द्रेणीको रङ्गहरु जस्तै हुन्छ । जसमा शिक्षकको सकारात्मक व्यवहार र सहयोगले नै कक्षाकोठाको पर्दामा रङ्गीचङ्गी देखिन्छ । भेटिन्छ । विविधतामा नै इन्द्रेणी व्यवस्थापन जरुरी हुन्छ । कामयावी हुन्छ । लगानीलाई प्रतिफल उन्मुख गराउँछ । जसरी मालीले फुलको अवस्था अनुसारको मल जलको व्यवस्था गरेको हुन्छ त्यसै गरी विद्यासर्थीको आवश्यकता अनुरुप सहयोग पुर्याचउनु शिक्षको कर्म हो । धर्म हो । विद्या्र्थीको आवश्यकता हो । अभिभावकको रुचि हो । पाठ्यक्रमले देखाएको वाटो हो । मूल्याङ्कन प्रणालीले खोजेको कार्य हो । विवधतासँगै सिकाइ हो । एउटै विषयलाई पनि शिक्षाकर्मी तथा राजनीतिकर्मीले देख्ने फरकपन व्यवस्थापन गरी एउटै देख्ने¸भेट्ने र कर्म गर्ने वाटो नै इन्द्रेणी व्यवस्थापनको प्रयोग हो । सोचाइ हो । गराइ हो । भोगाइ हो ।
जसरी फरक व्यक्तिलाई फरक नापोबाट कपडा सिलाइन्छ उसको आवश्यकता पूरा गर्न त्यसरी नै कक्षाकोठाको सिकाइमा विद्याभर्थीको फरकपनलाई फरक तरिकाबाट सिकाइ गराउनु पर्छ । यो गर्नु नै सिकाइमा इन्द्रेणी सोचाइ हो । इन्द्रेणी सिकाइ हो । हरेक दिन फरक खाना¸नाना र दाना भएमा हामी जति प्रफुल्लित हुन्छौँ विद्यानर्थीले पनि कक्षाकोठामा त्यही मनोविज्ञान लिएका हुन्छन् । शिक्षण विधिमा फरकपन । शिक्षक व्यवहारमा फरकपन । गराइमा फरकपन । उत्प्रेरणामा फरकपन । नतिजामा फरकपन । वसाइमा फरकपन । जसलाई हामीले दिन सक्नु पर्द्छ । फरक तरिका । फरक व्यवस्थापन । फरक सिकाइ । फरक सोच र खोज ।
हाम्रा शैक्षिक संस्थाहरुले फरक व्यवस्थापन खोजि रहेका छन् । फरक व्यवस्थापन नै फरक नतिजाको लगानी हो । आवश्यकता हो । यसलाई विद्यालयको व्यवस्थापनमा प्रयोग गरौँ । नतिजा तुलना गरौँ । इन्द्रेणी व्यवस्थापन गरौँ । जहाँ इन्द्रेणी व्यवस्थापन र सोचाइलाई व्यवहार ल्याइन्छ त्यहाँ अवश्य हुन्छ फरक नतिजा । हुन्छ भावी दिन सुखमय¸प्रगतिशील र नतिजाउन्मुख । सबैले पहिले आफ्नै मस्तिष्कले सोचौँ । ह्रदयले स्वीकार गरौँ । हातहरुलाई व्यवहारमा ल्याऔँ । तव इन्द्रेणी व्यवस्थापनका साथ विद्यालयको समग्र व्यवस्थापनमा सक्षमता आउँछ र पाइन्छ फरक नतिजा । जुन हामी सवैको इच्छा¸अपेक्षा र चाहना हो ।
अभिभावकले खोजेको र विद्यावर्थीले रोजेक पनि ।
(लेखक जिल्ला शिक्षा कार्यालय¸लमजुङका विद्यािलय निरीक्षक हुन् । )
प्रकाशित मिति २०७२ फागुन १२ गते
प्रतिक्रिया