Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालयलाई सैनिक अधिकृतको सहयोग

बुधबार, १२ फागुन २०७२

काठमाडौँ, १२ फागुन । पर्वत जिल्लाको तिलाहारमा रहेको नव जागृत उच्च मा।वि।को स्वर्ण जयन्तीको अवसरमा नेपाली सेनाका प्रमुख सेनानी रामचन्द्र खत्रीले आर्थिक तथा भौतिक सहयोग गरेका छन्।

खत्रीले स्वर्गिय बुबा तथा दाजुको स्मृतिमा स्थापित 'हरि–राम स्मृति सेवा केन्द्र' मार्फत विद्यालयमा ६० हजार रुपैयाँ बराबरका पाठ्य सामाग्री प्रदान गरेका हुन्। विद्यार्थीको शैक्षिक बृद्धिमा सहयोग पुर्याउनको लागि सहयोग गरेको खत्रीले बताए।

केन्द्रले 'हरि–राम स्मृति हाजिरी जवाफ तथा निबन्ध प्रतियोगिताूको समेत आयोजना गरेको थियो। प्रतियोगितामा विजयी विद्यार्थी टोलीलाई नगर सहित प्रशंसा पत्र प्रदान गरिएको थियो। खत्रीले सोहि विद्यालयमा अध्यान गरेका थिए। केन्द्रकी संस्थापक देवी कुमारी खत्रीले आगामी दिनमा पनि विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रमको दायरा अझ फराकिलो बनाउने बताइन्।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया