Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

प्रभावकारी शिक्षा नीति चाहियो : उद्योगमन्त्री 

बुधबार, १२ फागुन २०७२

काठमाडौँ, १२ फागुन । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अन्य देशसँग प्रतिष्पर्धा गर्न नेपालमा प्रभावकारी शिक्षा नीति अवलम्बन गर्नुपर्ने खाँचो औल्याएका छन् । 

बर्दघाटस्थित दिव्यज्योति बहुमुखी क्याम्पसको रजत महोत्सव समारोहलाई मंगलबार नवलपरासीमा सम्बोधन गर्दै उनले नेपालको शिक्षालाई अन्य मुलुकसँग प्रतिष्पर्धा गर्न समयानुकूल सुधार गर्नुपर्ने बताए । 

नेपालको शैक्षिक गुणस्तर वृद्धि अभियानमा पब्लिक क्याम्पसको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । 

रासस 

 

प्रतिक्रिया