Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

हातले छामेर पढ्ने किताब

मंगलबार, ११ फागुन २०७२

ललितपुर - दृष्टिविहिन बालबालिकालाई लक्षित गरि बे्रल तथ्य पुस्तक (Pictorial braille fact books) सार्वजनिक गरिएको छ । विभिन्न ठाउँ, व्यक्ति, घटना तथा वस्तुका बारेमा जानकारी दिने यी पुस्तकहरु दृष्टिविहिन बालबालिकाले छामेर अध्ययन गर्न सक्छन् । यस अघि ब्रेल लिपीका पुस्तकहरु उपलब्ध भए पनि बे्रल तथ्य पुस्तकको प्रकाशन पहिलो भएको नेपाल अन्धा कल्याण संघका केन्द्रिय अध्यक्ष कुमार थापाले बताए । चित्रको प्रयोगले दृष्टिविहीन बालबालिकालाई नौलो अनुभव हुने र  उनीहरुको सिकाइ पनि फराकिलो बनाउने उनले अपेक्षा गरे ।

बेजोस फ्यामिली फाउण्डेशनको सहयोगमा सेभ द चिल्ड्रेनले विभिन्न २३ विषयका सचित्र ब्रेल तथ्य पुस्तक तयार गरेको हो । यी पुस्तकहरु १ देखि कक्षा ५ सम्मका बालबालिकालाई लक्षित गरिएका छन् । नमुना मछिन्द्र विद्यालय लगनखेलमा आयोजित एक कार्यक्रममा उक्त विद्यालयको कक्षा सातमा अध्ययनरत सृष्टी र नौ कक्षामा पढ्ने लक्कीले एक एक वटा पुस्तक पढेर विमोचन गरे ।

कार्यक्रममा सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले दृष्टिविहिन बालबालिकालाई आफ्नो पाठ्यक्रम बाहेकको पुस्तक पढेर ज्ञान र मनोरञ्जन प्रदान गर्न पुस्तक प्रकाशन गरेको बताईन् । 'अपाङ्गता भएका बालबालिका शिक्षा लगायत विभिन्न सेवाबाट वञ्चित हुने हुँदा उनीहरुलाई सबै किसिमको सेवा पु¥याउन र पठनपाठनमा पनि ध्यान पु¥याउन हामीले सक्दो कोशिस गर्नुपर्छ' उनले भनिन् ।

फाउण्डेशनको सहयोगबाट प्रकाशित ८० वटा पुस्तकबाट पहिलो चरणमा २३ पुस्तक प्रकाशित गरिएको हो । पहिलो चरणमा २ हजार ३ सय पुस्तक प्रकाशित गरिएको र यी पुस्तक शिक्षा विभाग तथा पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर देशभरिका ९७ स्रोत कक्षाहरुमा वितरण गर्ने लक्ष्य रहेको सेभ द चिल्ड्रेनकी सञ्चार संयोजक क्रृचा भट्टराईले बताईन् ।

शिक्षा मन्त्रालय अन्तर्गत समावेशी शिक्षाका प्रतिनिधि नारद प्रसाद धमलाले दृष्टिविहिन बालबालिकाका लागि लक्षित पाठ्य पुस्तक बाहेकका सामग्रीको विस्तार गर्नुपर्ने बताए । 

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ५ लाख १३ हजार ३ सय २१ अपाङ्गता भएका व्यक्ति छन् । जसमध्ये १८ दशमलब ५ प्रतिशतमा दृष्टिको समस्या छ । यी मध्ये कयौँ बालबालिका छन्, जसलाई अध्ययनका लागि  पाठ्यपुस्तकको समेत अभाव छ । पाठ्यक्रम बाहिरको पुस्तक पढ्न त उनीहरुलाई कुनै किसिमको सुविधा छैन ।

प्रकाशित मिति २०७२ फागुन ११ गते

प्रतिक्रिया