Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

प्रधानमन्त्रीका सामुन्ने शिक्षा आयोगको तयारी !

मंगलबार, ११ फागुन २०७२

काठमाडौं - लामो समय देखि चर्चामा रहेको उच्चस्तरीय शिक्षा आयोग गठनका लागि शिक्षा मन्त्रालय फेरी एक पटक तातेको छ । मन्त्रालयले प्रधानमन्त्रीलाई प्रमुख अतिथी बनाएर बृहत छलफल गर्ने योजना बनाएको मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

आयोगको कार्यविवरण सम्बन्धमा आवश्यक सुझाव लिन प्रधानमन्त्रीको प्रमुख आतिथ्यता रहने गरी फागुन १६ गते शिक्षा मन्त्रालयले वृहत कार्यशाला आयोजना गरेको छ, मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने ।

उक्त कार्यशालामा आयोगको संरचना र सदस्य छनौटको आधारका बारेमा सुझाव लिईने मन्त्रीले बताए । 'देश संघीयतामा गईसकेपछि संघीय संरचनामा मेलखाने शैक्षिक प्रशासन ब्यवस्थापनका लागि आयोगको अपरिहार्यता अनुसार छलफल गर्न लागिएको हो' उनले भने, 'राजनीतिक परिवर्तनलाई आत्मसात गर्न सक्ने, नेपाली मौलिकतामा आधारित शिक्षा प्रणाली निर्माण गर्न आवश्यक नयाँ शिक्षा नीति बनाउन उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन योजना अनुरुप कार्यशाला आयोजना गरिएको हो ।'

उक्त पत्रकार सम्मेलनको खबर पढ्नुहोस्

उच्च शिक्षा पढ्ने विद्यार्थीको मूल्याँकन पनि लेटर गे्रडिङ्मै

प्रकाशित मिति २०७२ फागुन ११ गते

प्रतिक्रिया