Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

क्रान्तिकारीद्धारा भारतीय दूतावासमा प्रदर्शन

मंगलबार, ११ फागुन २०७२

काठमाडौँ, ११ फागुन । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष कन्हैयाकुमारलाई रिहा गर्न माग गर्दै विप्लव माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारी भारतीय दूतावास  अगाडी सोमबार प्रदर्शन गरेको छ। 

संगठनका अध्यक्ष पूर्ण सिंहको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले दूताबास घेराउ गर्दै कन्हैया कुमारको रिहाइको मागका लागी प्रदर्शन गरेको हो ।  कन्हैयाकुमारले दिएको अभिब्यक्तिको विषयलाई राजद्रोहमा अभियोगमा पक्राउ गरिएको छ । 

वाक स्वतन्त्रतासम्बन्धी विषयलाई बढवा दिने अभिप्रायले गरिएको भाषणलाई लिएर कन्हैयालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी राजद्रोहको अभियोग लगाएको छ । उनलाई राजद्रोहको अभियोग लगाई पक्राउ गरिएको तथा विद्यार्थीहरु विश्वविद्यालयबाट निश्कासन गरिएको तथा प्राध्यापकहरुलाई आतंकित पार्ने काम गरेको भन्दै नेपालका विभिन्न विद्यार्थी सगठन तथा बुद्धिजीवीहरुले विरोध जनाउँदै आएका छन् । 

दिल्लीस्थित प्रसिद्ध विश्वविद्यालय जेएनयुमा सन् २०१३ मा फासी दिइएका कश्मिरी युवा अफजल गुरुको विषयमा राखिएको कार्यक्रममा भारतीय सत्ताधारी दल विजेपीको विद्यार्थी संगठनले हमला गरे पछि तथा सो कार्यक्रममा पाकिस्तान समर्थित नारा लागाएको र त्यसको संयोजन विद्यार्थी नेता कन्हैयाले गरेको भन्दै उनीमाथि भारत सरकारले गत साता मात्रै राजद्रोहको मुद्धा लगाएको थियो ।

तर विद्यार्थी समर्थित जेएनयुका प्रोफेसर तथा विभिन्न विद्यार्थी संगठनहरुले वाक स्वतन्त्रता कुण्ठीत गर्दै कन्हैयामाथि लगईएको राजद्रोहको मुद्धा भने सरकारको फासीवादी कदमको उदाहरण भएको बताउँदै त्यसको विरोध गर्दै आई रहेका छन् । 

कार्यक्रममा सहभागि कवि निभा शाहले भारतमा लोकतन्त्र खुम्चिदै गएकाले यसको लोकतन्त्रको आवाज सिमाविहिन हुने भन्दै आफू प्रर्दशनमा सहभागि हुन आई पुगेको बताइन ।  गत शुक्रबार मात्र भारतका सबै बामपन्थी दलहरुले भारत सरकारको सो निर्णयको विरोध गर्दै राजधानी दिल्लीमा आजसम्मकै ठुलो प्रर्दशन गरेका थिए । 

यसअघि एमाओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि विज्ञप्ति जारी गरी कन्हैयालाई तत्काल रिहा गर्न माग गरेको थियो । 

 

प्रतिक्रिया