Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

भारतको 'आइआइटी'मा नेपाली विद्यार्थीलाई अवसर 

सोमबार, १० फागुन २०७२

काठमाडौं, ११ फागुन । विज्ञान प्रविधि तथा इञ्जिनियरिङमा स्नातक वा स्नतकोत्तर गर्नेलाई भारतको चर्चित प्राविधिक शिक्षालय ‘इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी’ (आइआइटी) ले नेपाली विद्यार्थीलाई पनि स्थान दिने भएको छ । 

आगामी वर्षदेखि आइआइटीले नेपालसहित ८ देशका विद्यार्थीहरुलाई अध्ययनको अवसर दिने भएको हो ।  यसका लागि संस्थाले सन् २०१७ को प्रवेश परीक्षा समेत नेपालमै गर्ने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । 

नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानसहित इथेयोपिया, सिंगापुर, दक्षिण अफ्रिका र युएईका विद्यार्थीले पनि आइआइटीमा अध्ययनको अवसर पाउनेछन् ।  ति देशका विद्यार्थीले पनि आफ्नै देशमा प्रवेश परीक्षाको अवसर पाउने भएका छन् । काठमाडौँमै ञ्चालन हुने परीक्षामा भारतीय विद्यार्थीहरु पनि सहभागी हुन पाउनेछन् । 

यसका लागि संस्थाले प्राविधिक तयारीहरु सुरु गरेको छ । सम्बन्धित देशमा भारतीय दुताबासहरुले परीक्षाको व्यवस्था मिलाउनेछन् । विभिन्न देशबाट विद्यार्थी आइआईटीमा भर्न लिएपनि भारतीय विद्यार्थीको कोटमा भने कुनै कटौति नगरिने भएको छ । 

विदेशी प्रतिभाहरुलाई पनि अवसर दिन आइआइटीले नयाँ व्यवस्था गरेको हो । उत्कृष्ट विदेशी प्रतिभाहरुलाई संस्थामा अध्ययन गर्न दिँदा विश्वमा आईआईटीको शैक्षिक बरियता माथि पुग्ने विश्वासका साथ यसको सुरुवात भएको हो । 

यसलाई नेपाली विद्यार्थीले पनि अवसरका रुपमा प्रयोग गर्न पाउनेछन् । पछिल्लो समयमा आइआइटी विश्वमै प्राविधिक शिक्षामा अब्बल संस्थाका रुपमा परिचित हुँदै गएको छ । 

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया