Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नेवि सङ्घद्वारा दीप प्रज्ज्वलन

सोमबार, १० फागुन २०७२

काठमाडौँ, ११ फागुन । नेपाल विद्यार्थी सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मरणमा दीप प्रज्ज्वलन गरिएको छ ।  स्वर्गीय कोइरालाको १३ औँ पूण्य तिथिको अवसर पारेर आइतबार शान्तिबाटिकामा दीप प्रज्वलन गरेको हो । 

कार्यक्रममा नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले संविधान निर्माणमा स्वर्गीय कोइरालाले दिएको योगदानको कदर गर्दै यसलाई कार्यान्वयन गर्ने नेपाली काँग्रेसको मुख्य चुनौती भएको बताए ।  कार्यक्रममा नेवि सङ्घ केन्द्रीय कार्यालयका मुख्यसचिव शिव रिमालले निष्ठावान्, त्यागी, इमान्दार र कर्तव्यनिष्ठ कोइराला भएको भन्दै उनको निधनले देशलाई ठूलो क्षति पुगेको बताए । 

दीप प्रज्ज्वलनमा काठमाडौँ उपत्यकाका विभिन्न स्कूल तथा क्याम्पसका छात्राछात्रको सहभागिता रहेको थियो । 

रासस 

 

प्रतिक्रिया