Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

राष्ट्रपति रनिङ शिल्ड दुर्गा शैक्षिक गृहलाई

सोमबार, १० फागुन २०७२

काठमाडौँ, ११ फागुन । भैरहवामा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पश्चिम अमुवा–३ को दुर्गा शैक्षिक गृहले लगातार दोस्रो पटक चुमेको छ ।  भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको प्रतियोगितामा सर्वाधिक १९४ अङ्क ल्याउँदै दुर्गा शैक्षिक गृहले लगातार दोस्रो पटक उपाधि चुमेको हो । 

प्रतियोगितामा ७३ अङ्क ल्याउँदै मिनर्वा इङ्लिस बोर्डिङ स्कुल द्वितीय भएको छ भने ६५ अङ्क ल्याउदै एभरेष्ट उच्च मावि तृतीय भएको छ ।  प्रथम हुने विद्यालयले रु १५ हजारसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने द्वितीय हुनेले रु १२ हजारसहित मेडल तथा तृतीय हुनेले रु नौ हजारसहित मेडल हात पारेको छ । 

प्रतियोगितामा एथलेटिक्सतर्फ ११० अङ्क ल्याई छात्र र छात्रातर्फ दुर्गा शैक्षिक गृह प्रथम भएको छ । त्यसैगरी कबड्डी तर्फपनि दुर्गा शैक्षिक गृह नै प्रथम भएको छ ।  यता भलिवल छात्रतर्फ लुम्बिनी ज्ञान निकेतन प्रथम भएको छ । रुद्रपुर पिस ल्याण्ड द्वितीय भएको छ भने तिलोत्तमा मावि र तिनाउ मावि तृतीय भएका छन् । 

त्यसैगरी छात्रातर्फ दीप बोर्डिङ स्कुल प्रथम, एभरेष्ट उच्च मावि द्वितीय तथा सिद्धार्थ उच्च मावि र सिवी पब्लिक मावि तृतीय भएको थियो । यस्तै कबड्डी छात्रतर्फ सन मोडल इङ्लिस स्कुल द्वितीय, प्रतिभा इङ्लिस स्कुल र मलवारदेवी मावि तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ न्यू होराइजन उमावि द्वितीय, आर्दश दुर्गा मन्दिर र मनास्क स्कुल तृतीय भएका छन् । 

प्रतियोगितामा सात वटा क्षेत्रका १४ टोलीसहित ५० बढी विद्यालयको सहभागिता थियो । 

रासस 

 

प्रतिक्रिया