Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

बास्केटबलको उपाधि निम्स स्कुललाई

सोमबार, १० फागुन २०७२

काठमाडौँ, ११ फागुन । तेस्रो नवोदित विद्याकुञ्ज अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि निम्स स्कुलले हात पारेको छ ।   प्रजातन्त्र दिवसको अवसरमा यही फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा हेल्पलेस होम चिल्ड्रेन एकेडेमी (एचएचसिए) स्कुललाई पाँच स्कोरले हराउँदै उक्त उपाधि हात पारेको हो । 

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गराउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गरिएको थियो ।  उक्त प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेलाई रु सात हजार, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । 

त्यस्तै, द्वितीयलाई पाँच हजार, पदक र प्रमाणपत्र तथा तृतीयलाई तीन हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।  विद्यालयका अध्यक्ष केदारनाथ खनाल र प्रधानाध्यापक राजेन्द्र अधिकारीले संयुक्तरुपमा विजेतालाई पुरस्कार वितरण गरेका थिए ।  

प्रतियोगितामा नवोदित विद्याकुञ्ज, अमृत स्कुल, प्रोलिफिक उमावि, निम्स स्कुल, भद्रकाली बोर्डिङ स्कुल, नेसनल युनाइटेड स्कुललगायत राजधानीका आठ विद्यालयको सहभागिता थियो । 

रासस 

 

प्रतिक्रिया