Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको नवनिर्वाचित पदाधिकारीले सपथ लिदै

सोमबार, १० फागुन २०७२

काठमाडौँ, ११ फागुन । अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारीले मङ्गलबार पदबहाली तथा सपथ गर्दै छ ।  सोही दिन पुरानो कमिटीले नयाँ कमिटीलाई पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको नवनिर्वाचित उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए । 

यसैबीच युवासङ्घ नेपालको कावा अध्यक्षमा सङ्घका उपाध्यक्ष दिलु पन्तलाई तोकिएको छ ।  सङ्घका अध्यक्ष राजीव पहारी भारतीय जनता पार्टी निकट युवा सङ्गठनको निमन्त्रणामा आइतबार त्यसतर्फ जानुभएकाले पन्तलाई सो जिम्मेवारी प्रदान गरिएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । 

अध्यक्ष पहारीको नेतृत्वमा चार सदस्यीय समूह दिल्ली गएको हो । नेपालमा युवाको अवस्था तथा युवासङ्घले राष्ट्रनिर्माणमा निर्वाह गरेको भूमिकाका विषयमा अध्यक्ष पहारीले जानकारी गराउने कार्यक्रम रहेको उनले बताए । उक्त टोली बिहीबार स्वदेश फर्कनेछ । 

रासस 

 

प्रतिक्रिया