रमेश गिरी, काठमाडौँ, ११ फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षाका सबैको पहुँच पु¥याउन आवश्यक रहेको बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) फिलिपिन्सको संयुक्त आयोजनामा सोमबार देखि भक्तपुरमा सुरु भएको एकहप्ते तालिमको उद्घाटन गर्दै उनले सरकारले बहुप्राविधिक शिक्षाको विकास र विस्तारलाई अगाडि बढाएको जानकारी दिएका हुन् ।
मन्त्री पोखरेलले सरकारको १०० दिनभित्रै खुल्ला विश्व विद्यालयको अवधारणा ल्याएको हुँदा यसलाई प्राविधिक शिक्षासँग जोडेर लैजानुपर्नेमा जोड दिए । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नेगरी प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्नेमा पनि उनले आवश्यक ठाने ।
कार्यक्रममा दिगो विकासका लागि प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक शिक्षाका प्रमुख, प्राचार्य, विभागीय प्रमुख, विभिन्न तालिम प्रदायक संस्थाका प्रतिनिधिको सहभागिता छ ।
प्रतिक्रिया