Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विद्यालयमा प्राविधिक पढेकाले उच्च शिक्षा पढ्न पाउने

आइतबार, ०१ चैत्र २०७१

भक्तपुर १ चैत / यसै बर्षबाट शुरु भएको विद्यालय तहको प्राविधिक विषय पढेका विद्यार्थीले एसएलसी पास भएपछि प्राविधिक विषयनै पढ्न पाउने भएका छन् । प्राविधिक विषय पढेका विद्यार्थीले उच्च शिक्षा पढ्न पाउने गरी ब्यवस्था गरेको शिक्षा सचिव बिश्वप्रकाश पण्डितले जानकारी दिए ।

विद्यालय तहमा प्राविधिक विषय अध्ययन गरेका ३ हजार २ सय ८८ विद्यार्थीले एसएलसी पछि उच्च शिक्षा कहाँ पढ्ने भन्ने अन्यौल थियो ।
पूर्वाधार भए पढेकै विद्यालयमा नत्र विद्यालयको स्तरोन्नती गर्ने अथवा अन्य विद्यालयहरुमा पठन पाठनको ब्यवस्था मिलाईने शिक्षा सचिव बिश्वप्रकाश पण्डितले जानकारी दिए । ‘जसरी भए पनि विद्यार्थीले चाहेकै विषयमा पढ्न पाउने छन्’ उनले भने ।

यसै बर्षबाट शुरु भएको प्राविधिक विषय अध्ययन गरेका ३ हजार २ सय ८८ विद्यार्थीले एसएलसी दिदैं छन् । सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले ९९ वटा सामुदायिक विद्यालयमा विगत दुई वर्षदेखि कक्षा ९ र १० मा प्राविधिक विषयको पढाइ सुरु गरेको हो । अर्को बर्षबाट शुरु गर्न लागिएको ग्रेडिङ प्रणालीको परीक्षण यस बर्ष उनीहरुबाटै शुरु हुने छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष इन्जिनियरिङको कम्प्युटरमा ६ सय ६१, सिभिलमा ७ सय ८२, इलेक्ट्रिकलमा १ सय ४१, एनिमल साइन्समा ४ सय ४१ र प्लान्ट साइन्सका १ हजार २ सय ६३ विद्यार्थीले एसएलसी दिँदै छन् ।

सामान्य विषय अध्ययन गर्ने विद्यार्थीले ८ सय पूर्णाङ्कको परीक्षा दिन्छन् भने यस्ता विद्यार्थीको पूर्णङ्क हजार हुन्छ ।

प्रतिक्रिया