काठमाडौं, १० फागुन । स्कुल बसको ठक्करबाट राजधानीमा दुई चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा डा. सन्दिप सुवेदी र डा. सोनी आनन्दको मृत्यु भएको हो । दुवैजना शिक्षण अस्पतालमा एमडी पहिलो बर्षमा अध्यानरत थिए।
प्रहरी वृत्त महाराजगन्जका प्रहरी निरीक्षक टङ्कप्रसाद भट्टराईका अनुसार आइतबार साझँ महाराजगन्ज शिक्षण अस्पताल पछाडि कान्ति बाल अस्पतालको ओरालोमा हिँडिरहेका उनीहरुलाई बा १ प ४३ नम्बरको हरियो प्लेटको स्कूल बसले बाटोमा ठक्कर दिँदा मृत्यु भएको हो ।
प्रहरी निरीक्षक अनुसार मृत्यु हुने दुवैजना महारागन्ज शिक्षण अस्पतालमा एमडी अध्ययनरत थिए । मृतकको शवलाई शिक्षण अस्पतालमा राखिएको छ । चालक र सहचालक दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
(नयाँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया