Edukhabar
बुधबार, ०९ असोज २०८१
विदेशमा शिक्षा

राजश्वको छापा प्रति ईक्यानको आपत्ति

आइतबार, ०९ फागुन २०७२

काठमाडौं - राजश्व छली गरेको आशंकामा राजश्व अनुसन्धान विभागले शुरु गरेको कन्सल्टेन्सीहरु माथिको छापा मार्ने क्रमले आफूहरुलाई आतंकित बनाएको भन्दै नेपाल शैक्षिक परामर्श संघ ईक्यानले आपत्ति जनाएको छ ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सीले कर छली गरेको शंकामा विभागले अहिले सम्म एक दर्जन संस्थामा छापा मारिसकेको छ ।  छानविन पछि के कुरामा कैफियत देखिएको हो सम्वन्धित व्यवसायीलाई झिकाएर सोधपुछ वा स्पष्टिकरण लिई आवश्यक अनुसन्धान तहकिकात गर्नुको साटो व्यवसायीहरुलाई आतंकीत पार्ने तथा पहिले नै अपराधी सरहको व्यवहार गर्ने कार्यशैलि प्रति हाम्रो गम्भिर आपत्ति रहेको छ, ईक्यानका अध्यक्ष राजेन्द्र बरालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

व्यसायीहरुका गतिविधि तथा कृयाकलापहरुको राज्यले छानविन गर्न चाहँदा आफैं उपस्थित भएर पारदर्शी रुपमा सुचना प्रवाह गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै पनि कम्पनीका बैंक खाता लगायतका विवरणहरु सरकारले चाहेमा सम्बन्धित निकायवाट जुनसुकै बेला खोजी गर्न सक्ने हुँदा हुँदै पनि विद्यार्थी तथा अभिभावकहरुको सामु विना सुचना वर्दिधारी सुरक्षाकर्मीहरुका साथ छापा मार्दा गम्भिर मार पर्न गएको उल्लेख छ ।

आफ्ना व्यवसायीहरुलाई गुणस्तरीय, मर्यादित एवम् पारदर्शी रुपमा व्यवसाय सञ्चालन गर्न एवम् प्रचलित नियम कानूनहरुको पुर्ण परिपालनाका साथ जिम्मेवार एवम् सचेत नागरीकको रुपमा व्यवहार गर्न ईक्यान सदैव सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धि निर्देशिका –२०६८ को पुर्णपरिपालनाका निमित्त हाम्रो दृढ प्रतिवद्धता रहेको छ, विज्ञप्तिमा भनिएको छ, यसरी हरसम्भव रुपमा आफ्ना सदस्यहरुलाई नियमसंगत व्यवसाय सञ्चालनका लागि अभिप्रेरीत गरिरहेको अवस्थामा हाल केहि समययता नेपाल सरकार राजश्व अनुसन्धान विभागको तर्फबाट चालिएका कदमहरु उपर हाम्रो ध्यान आकृष्ट भएको छ । सरकार हाम्रो अभिभावक हो र यसका निकायहरुले पनि नागरीकहरुलाई अभिभावकत्व प्रदान गर्ने तर्फ नै सचेत हुनु पर्दछ ।

ईक्यानले राजश्व अनुसन्धान विभागले गरिरहेको कार्वाहीलाई व्यवसायिक प्रतिष्ठामा आँच नआउने गरि, उनिहरुलाई अपराध पुष्टी नहुँदै अभियुक्त सरहको व्यवहार गरेर आतंकित नवनाई सञ्चालन गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति २०७२ फागुन ९ गते

प्रतिक्रिया