Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

नयाँ शक्तिको प्रथम शिक्षक सम्मेलन सम्पन्न

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ९ फागुन । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको शिक्षक संगठन ‘नयाँ शक्ति शिक्षक नेपाल’ प्रथम सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।  फागुन ८ र ९ गते भनिएको तोकिएको सम्मेलन आर्थिक र प्राविधिक कारण शनिबार एक दिनमै सम्पन्न गरिएको सम्मेलनका संयोजक तथा नयाँ शक्ति अभियान्ता इन्द्रराज भट्टराईले बताए । 

देशका विभिन्न ठाउँबाट करिब सय डेढ सयको हाराहारीका शिक्षकहरु उपस्थित भएको सम्मेलनले संगठनको नाम, अवधारणा, संगठन विस्तार लगायतका निर्णयहरु गरेको छ ।  तत्कालका लागी थप छलफल, बहस र तल्लो तहसम्म संगठन लैजान नयाँ संविधानमा राज्य पुनःसंरचना अनुसार ७ वटै प्रदेशका प्रतिनीधि बनाएर सम्मेलनमा सहभागी गराई छलफल गराइएको थियो ।  

राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंकटमा सम्पन्न सम्मेलनमा प्राय शिक्षकहरु एमाओवादी लगायतको अन्य पार्टीको भातृ शिक्षक संगठन छाडेकाहरु छन् ।  अन्य पार्टीको शिक्षक संगठन छाडेर बाबुरामको दर्शन, विचार र नयाँ योजनाको पछाडी लागेको भन्दै कार्यक्रममा सहभागी शिक्षकले आफुहरुलाई नयाँ तरिकाले अगाडी नलिए नयाँ शक्तिमा आउनुको कुनै तुक नभएको धारणा राखेका थिए ।

 

अरु सबै पुरानै तरिका भएपनि हरेक प्रदेशका प्रतिनीधि तोक्दै संघीय संरचनालाई छलफलको केन्द्र बनाइएको नयाँ शक्ति शिक्षक नेपालले आगामी बैठक, राष्ट्रिय सम्मेलनबाट कार्यसमिती तोक्ने कार्यक्रमका संयोजक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया