काठमाडौँ, ८ फागुन । लिम्बू मातृभाषाको कक्षा ११ मा ९३ अङ्क ल्याई सर्वोकृष्ट स्थान हासिल गरेकी इलाम बाँझो गाविसकी कल्पना लिङदेनलाई किराँत याक्थुम चुम्लुङ क्यानडाले रु २० हजार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो पुरस्कारसहित सम्मान गरेको हो । बाँझोस्थित सरस्वती उच्च माविकी परीक्षार्थी लिङदेनले आफूलाई मातृभाषामानै उच्च शिक्षा हासिल गर्दै लिम्बूभाषा, लिपिको संरक्षण सम्वद्र्धनमा लाग्न पुरस्कारले प्रोत्साहन र हौसला मिलेको बताइन् ।
सम्मान कार्यक्रममा वर्तमान नयाँ संविधानले मातृभाषामा शिक्षा लिने स्वतन्त्रता प्रदान गरेपनि सरकारले मातृभाषाका शिक्षक दरबन्दी र पुस्तक छपाइ व्यवस्था नगर्दा धेरै विद्यार्थी मातृभाषा अध्ययन गर्नबाट वञ्चित हुनुपरेको चुम्लुङका केन्द्रीय सदस्य याम योङहाङले बताए ।
रासस
प्रतिक्रिया