Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

बारा, पर्सा र रौतहटबाट २६ हजार विद्यार्थीले एसएलसी दिदैं

मंगलबार, ०३ चैत्र २०७१

slc examको लागि तस्बिर परिणाम
पर्सा ३ चैत / बारा, पर्सा र रौतहटका २६ हजार ४ सय ४७ विद्यार्थीले एसएलसी दिने भएका छन् । पर्सा जिल्लाबाट सामुदायिक तथा नीजी विद्यालयका गरि कुल सात हजार तीन सय ९० जना परिक्षार्थीले सहभागीता जनाउने भएका छन् ।

जसमा नियमित तर्फ पाँच हजार आठ सय चार र एक्जामटेड तर्फ एक हजार पाच सय ८६ जना रहेका छन् । यस्तै बाराबाट यसपालीको एसएसली परिक्षामा नियमति तर्फ ६ हजार नौ सय ३० जना र एक्जामटेड तर्फ दुइ हजार पाँच सय २७ गरि कुल नौ हजार चार सय ५७ परिक्षार्थीले सहभागीता जनाउने जिल्ला शिक्षा कार्यालय बाराले जनाएको छ ।

रौतहटमा नियमिततर्फ छ हजार चार सय ५३ जना र एक्जाम्टेडतर्फ तिन हजार एक सय ४७ जना परिक्षार्थीले सहभागिता जनाउने जिल्ला शिक्षा अधिकारी भरत सुवेदीले जानकारी दिए ।

पर्सामा  परिक्षाकोसबै तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । मंगलबार केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले बताए ।

परिक्षाका लागि पर्सामा कुल २१ वटा विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ । यस बर्ष एसएसली परीक्षाका लागि वीरगन्ज नगर क्षेत्रमा ११ वटा र ग्रामीण क्षेत्रमा १० वटा परीक्षा केन्द्र तोकिएको छ । विरगंज नगर क्षेत्रका लागि त्रिजुद्ध उच्च मावि, पुरा कन्या उच्च मावि, त्रिभुवन हनुमान मावि, माइस्थान विद्यापीठ मावि, रामचरण शाह पन्नलाल मावि, नेपाल रेलवे मावि, सुरजीदेवी मावि, नेपाल राष्ट्रिय विद्यालय उच्च मावि श्रीपुर, सिद्धार्थ मावि, जिएचपि मावि र निरसिंह उच्च माविलाई परिक्षा केन्द्र तोकिएको छ ।

यस्तै ग्रामीण क्षेत्रका लागि पोखरीया, अलौं, विजयवस्ती, जितपुर, भिस्वा, औराहा पचगावा, बडेर्वा, सोलखपुर, बर्वाछटैली र बहुअर्वाभाठामा रहेका सामुदायिक विद्यालयहरुमा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ । एसएलसी परिक्षाका लागि २१ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष र दुइ सय ९४ जना परिक्षा निरिक्षक खटाइने जिल्ला शिक्षा अधिकारी रजकले जानकारी दिए ।

बारामा एसएलसी परिक्षाका लागि २८ वटा परिक्षा केन्द्र तोकिएको कार्यालयका परिक्षा फाँट प्रमुख अशोक रौनीयारले जनाएका छन् । बारामा एसएलसी परिक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ४५ जना सहायक केन्द्राध्यक्ष र चार सय ४० जना निरिक्षक परिचालन गरिने छ । उता रौतहटमा यस वर्षको एसएलसी परिक्षाका लागि २२ वटा परिक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया