Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व, अध्यक्षमा दाहाल

बुधबार, ०५ फागुन २०७२

काठमाडौं - शिक्षा पत्रकार समूहको अध्यक्षमा दीपक दाहाल चयन भएका छन् । समूहको १६ औ साधारण सभाले सर्व सम्मत रुपमा उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन गरेको हो । उनी नागरिक दैनिकमा आवद्ध छन् ।

यसैगरी उपाध्यक्षमा रोश्ना सुब्बा, महासचिवमा शेषकान्त पण्डित, सचिवमा निर्जला कक्षपति र कोषाध्यक्षमा वासुदेव तिमिल्सिना चयन भएका छन् । यस्तै सदस्यमा चन्द्र बानियाँ, रुद्र पंगेनी, तुला अधिकारी, श्याम तण्डुकार, नवीन काफ्ले, ममता थापा, अञ्जली रम्तेल र तीर्थराज भुषाल चयन भएका छन् । 

समूहको १६ औ साधारण सभाको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका थिए । समूहले हरेक बर्ष फागुन ५ गतेलाई आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।
साधारण सभा  सम्बन्धित खबरका लागि यो पढ्नुहोस् :

शिक्षामन्त्री भन्छन् ‘राजनीतिले नै शिक्षालाई कमाण्ड गर्छ’

शिक्षाको संशोधन विधेयकमाथीको छलफल कांग्रेसले रोक्यो : सभापति झा 

प्रकाशित मिति २०७२ फागुन ५ गते

प्रतिक्रिया