काठमाडौँ, ५ फागुन । काठमाडौंको पेप्सीकोलास्थित एक स्कुलमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । पेप्सीकोलास्थित टाउन प्लानिङको एक विद्यालयमा क्यान्टिन चलाउँदै आएका दम्पतीकी पाँच वर्षीया छोरी बलात्कार अभियोगमा २५ वर्षीय विमल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित बालिकाकी आमाले क्यान्टिनमा खाना खान आउने बिमलले छोरीलाई स्कुल कम्पाउन्डमै बलात्कार गरेको जाहेरी दिएपछि घटना खुलेको हो । सो स्कुल नजिकैको निजी कार्यालयमा गार्डमा कार्यरत उनले शनिबार बेलुका बालिकालाई बलात्कार गरेका हुन् ।
बेलुका खाना खाएपछि बालिकालाई खेलाइरहेका उनले मोबाइल देखाउँदै अश्र्लील काम गरेको गुनासो पीडितले गरेपछि परिवारले प्रहरीमा जाहेरी दिएको हो । घटना थाहा पाएपछि अभिभावकले पेप्सीकोलाकै मदरल्याण्ड अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि लगेका थिए ।
अस्पतालले स्वास्थ्य परीक्षण तथा उपचारपछि बालिका अभिभावकसँगै छिन् । प्रहरीले उनलाई पक्राउ महानगरीय प्रहरी वृत्त तीनकुनेमा राखेको छ ।
(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया