Edukhabar
बुधबार, ०९ असोज २०८१
जिव्रो

हाम्रा विद्यालयहरु किन बन्द हुदैछन् ?

मंगलबार, ०४ फागुन २०७२

Mana Prasad Wagley's Profile Photo 

Mana Prasad Wagley 

नेपालमै खुला शिक्षा माध्यमबाट ३ बर्षमा ५ कक्षा, अर्को २ बर्षमा ८ कक्षा र थप एक बर्षमा कक्षा १० को गरी ६ बर्षमै एसएलसी दिन पाउने प्रावधान छ ।  त्यस प्रयोजनका लागि शिक्षा मन्त्रालयकै अधिनमा ८४ वटा विद्यालय संचालनमा छन् । आफ्नो यस्तो राम्रो व्यवस्था छदाँछदैँ आफ्नै पद्धति माथि नै कुठाराघात हुने गरी बिदेशी विद्यालय भित्र्याउनु कुनै पनि किसिमले पुष्ट्याईं गर्न सकिन्न । एकातिर हाम्रोमा एसएलसीका सबै बिषय उत्तीर्ण गर्नु पर्ने र अर्को तर्फ भारतीय खुला बिद्यालयमा मूल बिषय (अंग्रेजी, गणित र बिज्ञान) नपढ़े पनि हुने भएकोले शिक्षा मन्त्रालयको निर्णयबाट खुला विद्यालय प्रणालीमा गइसकेका हाम्रा विद्यालयहरु बन्द हुने देखिन्छन् ।

प्रतिक्रिया