Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक 

मंगलबार, ०४ फागुन २०७२

काठमाडौं - उच्च माध्यमिक शिक्षा परिषद्ले लिने कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  परिषदको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्धारा मंगलबार सार्वजनिक परीक्षाको समय तालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ साल वैशाख २० गतेबाट शुरु हुने छ ।  

बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा जेठ १ गतेसम्म चल्नेछ  ।  यस्तै कक्षा ११ को परीक्षा जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने कार्यालयका परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए । 

परीक्षा फर्म अहिले विभिन्न विद्यालयबाट संकलन हुने काम भइरहेकाले परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या एकिन भन्न नसकिने परिक्षा नियन्त्रक अर्यालले बताए । माघ २९ गतेसम्म सिंगल दस्तुरको फर्म बुझाउने समय तोकिएकोमा यही फागुन १५ गतेसम्मलाई दोब्बर दस्तुर तिरेर विद्यार्थीलाई फर्म भर्ने मौका दिइएको छ । 

परीक्षा फर्म भर्न एउटा संकायको ६ सय रुपैया तोकिएको छ । गत बर्ष भूकम्पका कारण जेठबाट मात्र शुरु भएको परीक्षा यस बर्ष भने पहिलेकै बर्षहरु जस्तै समयमै शुरु हुने भएको छ।  गत बर्ष भूकम्पकै कारण ढिला शुरु भएको कक्षा ११ को परिक्षाको नतिजा पुस ३० गते मात्रै सार्वजनिक भएको थियो । 

कक्षा ११ र १२ को परीक्षा समय तालिका 

 

प्रकाशित मिति २०७२ फागुन ४ गते । 

 

प्रतिक्रिया