Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ५ फागुन । रोजगारीको लागि जापान पठाई ठगी गर्ने कन्सलटेन्सी सञ्चालक गोरखाका सोमराज घलेलाई प्रहरीले पक्राउ गरेको छ । 

गोरखाकै हंसपुर गाविसका गणेश अधिकारीलाई जापानमा चाउचाउ कारखानामा आर्कषक तलबमा काममा लगाई दिने भनी प्रलोभन देखाई रु. ११ लाख ५० हजार रकम लिई जापान पठाएका काठमाडौँ गोगँबुमा रहेको ‘आरडिसी एजुकेसन कन्सल्टेन्सी’ का सञ्चालक घलेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अधिकारी जापान गइसकेपछि काम पाउनुको सट्टा करिब एक महिना त्यहाँको जेलमा परी आफ्नो खर्चमा नेपाल फिर्ता आएपछि विदेशमा पठाई अलपत्र पारी ठगी गर्ने व्यक्तिलाई कारबाही गरी पाऊँ भनी महानगरीय अपराध महाशाखामा दिएको जाहेरीको आधारमा घलेलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले गोँगबुबाट पक्राउ गरेको हो । 

महाशाखाले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ । 

रासस 

 

प्रतिक्रिया