Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

त्रिविको शैक्षिक गुणस्तरबारे दातासँग छलफल

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ४ फागुन । त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गरी विश्वको प्रतिस्पर्धी विश्वविद्यालय बनाउन अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधि एवं विभिन्न देशका कूटनीतिक प्रतिनिधिसँग छलफल भएको छ । 

सोमबार आयोजित साक्षात्कारमा भारत, अमेरिका, बेलायत, पाकिस्तान, चीन र जापानका कूटनीतिक प्रतिनिधि साथै युुनडिपी, एडिबी, विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधिको सहभागिता थियो । 

कार्यक्रममा त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिवि दक्षिण एसियाकै ठूलो एवं इज्जतिलो प्राज्ञिक संस्था रहेको भन्दै आर्थिक एवं प्रशासनिक प्रतिकूलताका बाबजुद पनि गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न रणनीतिक योजना निर्माण गर्दै अघि बढिरहेको बताए । 

विश्वव्यापीकरणले उच्च शिक्षामा थपेको चुनौतीको फलस्वरूप अब उच्च शिक्षा व्यावसायिक एवं उत्पादनमुखी हुनुपर्ने भन्दै उनले विभिन्न प्राविधिक एवं बजारमा आवश्यक देखिएका शैक्षिक कार्यक्रमका लागि त्रिवि लागिपरेको बताए । 

कार्यक्रममा भारतीय राजदूत रणजित रायले विश्वविद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि भारत सरकार सकारात्मक रहेको बताए ।  कार्यक्रममा त्रिवि योजना परिषद्का प्रमुख प्रा।डा। ऋदीशकुमार पोखरेलले ‘त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र भविष्यमा अपनाइने रणनीतिक योजना’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया