Edukhabar
बुधबार, ०९ असोज २०८१
जिव्रो

विद्यार्थी विगार्दै एमाले नेताहरु 

सोमबार, ०३ फागुन २०७२

Pradip Nepal 

यी विध्यार्थीलाई विगार्न नेकपा एमालेका नेताहरु किन लाग्या होलान् ? विध्यार्थी पनि काम नलाग्ने भएछन्। सुन्दर प्रतिवद्दता पढेर मक्ख परेको थिएँ। आज विहानदेखि हैरान हुनु परेको छ। के हाम्रो भविष्य अँध्यारो हुन थालेको हो ? सोच भाई बहिनी हो । हामी त डाँडाको जुन हौं, यो देश तिमीहरुको जिम्मामा गैसकेको छ। थकित, गलित, पदाकांक्षी बुढाहरुको झोला बोकेर हिंड्नु भन्दा जागीर तिर आँखा लाउनु तिमीहरुका लागि फाइदाजनक हुन्छ।  हामीले जतिबेला विद्यार्थी राजनीति गर्थ्यौं त्यतिबेला हामीले कुनै नेताको विचार बोकेनौं। अखिल पाँचौंको स्थापना पछि कतिपय मुद्धामा विध्यार्थी संगठनले पार्टीलाई नीति निर्माणमा महत्वपूर्ण सहयोग गरेको छ । के तिमीहरु यस्तो काम गर्न सक्दैनौ ? 

प्रतिक्रिया