Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

अखिलको चुनाव फेरी सर्यो !

सोमबार, ०३ फागुन २०७२

काठमाडौँ, ३ फागुन । सोमबार हुने भनिएको एमालेनिकट अनेरास्ववियुको २२ औँ महाधिवेशनको नेतृत्वका लागी हुने चुनाव फेरी पनि सरेको छ ।   विहिबार देखि शुरु भएको अखिलको २२ औँ महाधिवेशनमा प्रतिनीधि विवादले चुनाव सरेर मंगलबार पुगेको हो । हिजै प्रतिनीधिको विषयमा विवाद मिलको भनिएपनि आन्तरिक विवाद नसकिएको बुझिएको छ। 

सोमबारदेखि नै निर्वाचन प्रक्रियाअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया हुनेछ । मतदान भने भोली मंगलबार हुने छ।  निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि पार्टीका सचिव गोकर्ण विष्टको संयोजकत्वमा बसेको बैठकले निर्वाचन प्रभावित पार्ने गरी प्रचार गर्न नपाइने, विवादका विषयलाई निर्वाचन कमिटीले आपसी समझदारीबाट टुङ्गो लगाउने निर्णयसमेत गरेको प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । 

निर्वाचनलाई व्यवस्थित बनाउन सम्मेलनमा सहभागी प्रतिनिधिका लागि परिचयपत्र वितरण तथा व्यवस्थापनको कार्य समेत पूरा भएको छ ।  प्रज्ञा प्रतिष्ठानमा आजसम्म कार्यक्रम स्थल लिइएकामा भोलि हुने मतदानको कार्य पनि सोही प्रतिष्ठानको परिसरमा गर्नका लागि व्यवस्था मिलाइएको छ । 

देशभरबाट १५ सय प्रतिनीधि सहभागी सम्मेलन विवादका कारण मङ्गलबारसम्म लम्बिएको हो। 

 

प्रतिक्रिया