Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको महाधिवेशनमा प्रतिनिधि विवाद टुंगियो 

सोमबार, ०३ फागुन २०७२

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले) को भातृ सङ्गठन (अनेरास्ववियु)को २२औँ राष्ट्रिय सम्मेलनका क्रममा प्रतिनिधि छनोटका विषयमा विवाद टुङ्गो लागेको छ ।  विवाद सहमतिमा समाधान भएपछि नयाँ पदाधिकारी चयनका लागि सोमबारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । प्रतिनिधिसम्बन्धी सामान्य विवादका कारण आचारसंहिता तय गर्नसमेत ढिला भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको थियो । 

निर्वाचन प्रक्रियाअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया सोमबार बिहानबाट सुरु हुने सचिव राधिका खतिवडाले जानकारी दिए ।

सम्मेलनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नविना लामाले उम्मेदवारी घोषणा गरेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका छन् । गत बिहीबारदेखि सुरु भएको सम्मेलन विवादका कारण मङ्गलबारसम्म लम्बिएको छ । 

सम्मेलनमा सहभागी प्रतिनिधिका लागि परिचयपत्र वितरण पूरा भएको सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।  आचारसंहितामा उम्मेदवारले निर्वाचन सुरु भएको वरिपरि कुनै पनि प्रचारप्रसार गर्न नपाइने, निर्वाचन प्रभावित पार्ने गरी प्रचार सामग्री वितरण गर्न नपाइने र उम्मेदवारले प्रचारप्रसार सामग्री बनाउँदा ठुल्ठूला पोस्टर छाप्न नपाउने, सामान्य परिचय खुल्ने खालको मात्र प्रचार सामग्री हुनुपर्ने प्रावधान छ । 

रासस 

 

प्रतिक्रिया