Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

दलित तथा जेहेन्दार विद्यार्थीलाई सरकारको सम्मान 

आइतबार, ०२ फागुन २०७२

काठमाडौँ, २ फागुन । दलित समुदायबाट गत बर्षको एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने जेहेन्दार विद्यार्थीलाई सरकारले सम्मान गरेको छ।  शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्थानीय विकास मन्त्रालय अन्तर्गतको गरीब, उत्पीडित र दलित वर्ग विकास समितीले पाचैँ विकास क्षेत्रबाट एसएलसी परिक्षामा प्रथम भएकालाई नगदसहित सम्मान गरेको हो । 

सरकारी विद्यालयमा पढेर दलित समुदायबाट प्रथम हुने गोरखाका पवन अछामी (८८ प्रतिशत), धादिङकी विनिता पोखरेल (परियार) (८६.५० प्रतिशत), स्याङजाकी सीमा वि.क. (८६.५० प्रतिशत)लाई सरकारले सामुदायिक विद्यालयबाट नेपाल प्रथम भन्दै सम्मान गरेको हो ।

गत बर्षको एसएलसीमा दलित समुदायबाट नीजि विद्यालयमा पढेर सवैभन्दा बढी अंक ल्याउने रोशन कुमार महरा रहेका थिए । उनले ९१.६३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । टाइम्स स्कुल मिर्चैयाबाट एसएलसी पास गरेका उनीसहित नेपाल प्रथम हुने ५ जनालाई विकास समितीले नगर १५ हजारसहित  सम्मान गरेको छ । यस्तै नीजिबाटै धादिङकी रेशु विकले ९०.२५ प्रतिशत अंक ल्याउदै दलित समुदायबाट नेपालकै दोश्रो हुन सफल भएकी थिइन् । 

यस्तै पूर्वाञ्चल प्रथम हुने सप्तरीका शबन कुमार मण्डलले ८०.३८ प्रतिशत, भोजपुरकी विमला परियारले ७६.२५ प्रतिशत अंक ल्याई उतीर्ण भएका थिए । भने नीजीबाट मोरङका प्रवेश बर्देवा ८९.१३ प्रतिशत, र सुनसुरीकी सरस्वती परियारले ८६.१३ अंक प्राप्त गर्दै एसएलसी उतीर्ण गरेका थिए । उनीहरु पूर्वाञ्चल प्रथम घोषित हुदैँ नगद ७ हजारसहित सम्मानपत्र पाएका थिए ।

यस्तै मध्यमाञ्चलबाट सामुदायिक विद्यालयबाट नेपाल प्रथम हुने सिन्धुलीका जीवन वि.क लाम्दाकेले ८३.६३ प्रतिशत अछामी (नेपाली) लाई समेत सरकारले सम्मान गरेको छ । यस्तै नुवाकोटकी सुुनिता श्रीमालीले ८१.५० प्रतिशत ल्याई एसएलसी उतीर्ण गरेकी थिइन् । नीजिमा सुमन सुनार र विनता सुनारले मध्यमाञ्चल प्रथमको उपाधि पाए ।

यस्तै पश्चिमाञ्चलबाट गोरखाका प्रोग्रेस रोका (८२.६३ प्रतिशत), गोरखाकै प्रतिक्षा रम्तेल (७९.३८ प्रतिशत) ल्याई एसएसली उतीर्ण गरेका हुन् । यस्तै मध्यपश्चिमाञ्चलबाट सरकारीतर्फ कालिकोटका सागर नेपालीले ८३.२५ प्रतिशत 

अंक ल्याएका थिए भने छात्रातर्फ माधुरी विकले ६६.६३ अंक ल्याई उतीर्ण भएक थिइन् । र सुदुरपश्चिमाञ्चलबाट कैलालीका अरुण कामी ८३.५ प्रतिशत र बबिता भुलले ६३.५० प्रतिशत अंक ल्याई एसएसली उतीर्ण गरेका थिए । 

विभिन्न विकास क्षेत्रबाट पहिलो हुने छात्र र छात्रासहित २५ जना जेहेन्दार विद्यार्थीलाई विकास समितीमा निवेदन दिइएको आधारमा छनोट गरी सम्मान गरिएको हो । 

 

प्रतिक्रिया