Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सरस्वती पूजाका दिन साहित्यकार सम्मानित !

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, २ फागुन । सरस्वती पूजाको अवसर पारेर डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई ‘भानु स्रष्टा सम्मान–२०७२’द्वारा सम्मान गरेको छ । 

शनिबा राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, विद्यालयका प्रधानाध्यापक लक्ष्यबहादुर केसीलगायतले नगद रु १५ हजारसहित सम्मान गरेका थिए ।

कार्यक्रममा साहित्यकार दीक्षितले सम्मानित हुँदा खुसी लागेको बताउँदै नेपाली साहित्य सिर्जनामा योगदान गरेका सवै स्रष्टा सम्मानित भए आफू अझ खुसी हुने बताए । 

प्रधानाध्यापक केसीले नेपाली वाङ्मय इतिहासले चिरकालसम्म गर्व गर्नसक्ने अग्रज स्रष्टालाई सम्मान गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरेका थिए । साहित्यकार दीक्षितको ‘माधवी’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । हाल ९३ वर्ष पुग्नुभएका उहाँ देशका अग्रज पत्रकारसमेत हुन् ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्किृतिक प्रस्तुति गरेका थिए । 

रासस 

प्रतिक्रिया