Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

करोड लगानीमा कागज उद्योग स्थापना 

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, २ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग स्थापना गरेका छन् ।  गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गरेका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ)सङ्ख्यासम्म नेपाली कागज उत्पादन हुँदै आएको उनले बताए ।

तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उहाँले उल्लेख गर्नु भयो । गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिएको छ । 

कच्चा पदार्थलाई भूस दाउराले पकाउने, कास्टिक सोडा राखेर त्यसलाई पखाल्ने, सफा गर्ने, त्यसपछि मिक्चरमा राखेर पेल्ने र पेलेपछि लेदो पदार्थ निस्कन्छ त्यस लेदोलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयारी हुने सिग्देलले जानकारी दिए । 

उक्त उद्योगमा एक हजार ९०० वटा कागज सुकाउने पाता राखिएको छ । 

रासस 

 

प्रतिक्रिया