Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

मास्टरपिस नेपालद्धारा विद्यार्थीलाई कपडा वितरण 

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, १ फागुन । धादिड जिल्लाका ३ विद्यालयहरुका गरीब तथा जेहेन्दार विद्यार्थीमध्ये १६० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  मास्टरपिस नेपालले जिल्लाका उड्वादेवी प्रजा प्राथमिक विद्यालय, बाराही प्राथमिक विद्यालय र गोगनपानी माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा वितरण गरेका हो । 

व्यवसायी विकास प्रधानसँगको सहकार्यमा कपडा वितरण गरिएको मास्टरपिस नेपालकी कार्यक्रम संयोजक पुनम खड्गीले जानकारी दिइन् ।  

सामाजिक संजालबाट समुदायमा रहेका बालबालिकालाई आर्थिक सहयोग गरी शिक्षा प्रदान गर्न लामो समयदेखि लागिपरेको खड्गीको संस्था अहिले पनि क्रियाशिल छ । 

 

 

 

प्रतिक्रिया