Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

दातृ निकायले विद्यालय भवन निर्माण गर्ने

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, १ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ असैनामा रहेको कालिका माध्यमिक विद्यालयमा रु १८ लाखको लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माणको कार्य सुरु गरिएको छ । 

विल्डवन नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयमा तीनकोठे पक्की विद्यालय भवन निर्माणको कार्य सुरु गरिएको हो ।  भवन निर्माणका लागि लाग्ने कुल खर्चमध्ये विद्यालयले रु चार लाख खर्च व्यहोर्ने गरी सम्झौता गरिएको छ । 

तीन महिनाभित्रै निर्माणको कार्य पूरा गरिने विल्डवनका कर्मचारी बुद्धराम चौधरीले बताए ।  भवन निर्माणका लागि आवश्यक पर्ने डकर्मी, सिमेन्ट, सरिया, इँटा, फलामको तयारी अवस्थाका झ्यालढोका, फर्निचर र रङरोगनको कार्यमा लाग्ने खर्च संस्थाले व्यहोर्ने, विद्यालयले ढुङ्गा, बालुवा, गिट्टी र श्रमदानको व्यवस्था गर्ने गरी सम्झौता गरी निर्माणकार्य अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक मधु बोहराले बताए ।

 रासस 

 

प्रतिक्रिया